२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाबाट विद्युत् उत्पादन गरिने

अ+ अ-

लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ ।

दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए ।

“कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन”, उनले भने, “तर स्याटलाइटको माध्यामबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।”

“ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको छ”, इञ्जिनीयर दुलालले भने, “८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापण गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछ ।”

“दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ”, उनले भने, “दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन शुरु हुन्छ ।”

इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापण गर्ने काम भइरहेको छ । हावाको गति मापण गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनले बताए । पहिलो चरणमा ५०÷६० लाख बराबरको काम भएको उनको भनाइ छ ।

अहिले मुलुकभर २१ ठाउँमा हावाको मापण गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उनका अनुसार नवलपरासी, सिन्दुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम, पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस