२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्

अ+ अ-

पाल्पा । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्न सकेको छैन ।

उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभ लाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई/तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् । सफा र सुन्दर विद्यालयको विशेषता नै हो तर त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ ।

उक्त विद्यालयकोे भौतिक संरचना लोभलाग्दा भए पनि र शिक्षकहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि विद्यार्थी बढाउन उनीहरुलाई हाम्मेहाम्मे भयो । कक्षा ५ सम्म १५ बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले कक्षा १ मा दुई, कक्षा २ मा चार, कक्षा ३ मा दुई, कक्षा ४ मा दुई, कक्षा ५ मा पाँच विद्यार्थी अध्ययनरत छन् ।

बाल कक्षामा भने आठ बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयका प्रअ धुव्र अधिकारी बताए। विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश दलित बस्ती छ । कक्षा १ देखि ५ कक्षासम्मको उक्त विद्यालयमा एक जुनुमाया बुढामगर मात्रै गैरदलित विद्यार्थी छिन् ।सेवा र सुविधाको खोजीमा  अधिकांश मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कमी हुँदै गएको हो । कक्षाकोठा, बेञ्च र पुस्तकालय निकै आकर्षित छन् । प्रअ अधिकारीे भन्छन्, ‘घर बिर्सेर विद्यालय बनाइयो, अहिले विद्यार्थी सङ्ख्या न्यून भयो ।’ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदा शिक्षक तथा अभिभावक चिन्तित छन् ।

उक्त गाउँपालिकाको प्राय सबै आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानाका साथै कहिले काहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यता समेत छ । विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा लाग्ने प्रअ अधिकारीको भनाइ छ । विद्यालयका शिक्षक खगेश्वर नेपालका अनुसार कम विद्यार्थी सङ्ख्यामा पठनपाठन गर्दा गृहकार्य गर्न सहज हुने भए पनि छड्के जाँच गर्न सहज हुँदैन ।

विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा २०६१ सालमा कक्षा १ मा ९५ विद्यार्थी पुगेको शिक्षिका बिमला गौतम बताए । पन्ध्र विद्यार्थी पढाउनका उक्त विद्यालयमा लागि तीन शिक्षकको दरबन्दी छ । जस्मा एक राहत र एक बालशिक्षक पनि छन् ।

प्रतिक्रिया दिनुहोस