२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि सघाउन मित्रराष्ट्रलाई प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन्।

नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको स्मरण गर्दै आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए ।’नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित छन्’, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा. भट्टराईले भने, ‘भूकम्पपछिको पुनः निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ ।’ यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ । रासस

प्रतिक्रिया दिनुहोस