२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसीको रकमबाट महिला भवन निर्माण गरिने

अ+ अ-

सोलुखुम्बु । देउसी भैलोबाट सङ्कलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ ।

यहाँको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाले आयोजना गरेको देउसी भैलोबाट सङ्कलन भएको रु तीन लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो । वडाध्यक्ष रामसङ्घर्ष किराँतीका अनुसार जनतासँग भेटघाट देउसी भैलो कार्यक्रमअन्तर्गत उक्त रकम सङ्कलन भएको हो ।

देउसीबाट सङ्कलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो, वडाध्यक्ष किराँतीले भने,’वडामा निर्माण उक्त भवनको लागि गाउँपालिकाबाट रु १० लाख विनियोजन भएको छ, त्यसैमा रकम थप गरेर सोचेको भन्दा राम्रो वनाउने योजना छ ।’

उपभोक्ता समितिमार्फत योजना सञ्चालन हुँदा कूल बजेटको २० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । वडा कार्यालयको संयोजकत्वमा प्रगतिशील महिला समूह, परिवर्तनशील बाल क्लब, र सोही वडाको शुक्रबारे बजार व्यवस्थापन समितिले संयुक्तरुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो ।

देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग गर्न नदिन वडा कार्यालय सचेत रहेको पनि अध्यक्ष किराँतीको दाबी छ । उनले भने,’अन्य विभिन्न सङ्घसंस्थाले आफ्नै उद्देश्य राखेर देउसी खेलेका छन् त्यसको वडा कार्यालयले निगरानी राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस