गुर्जामा सामुदायिक स्नानगृह सञ्चालनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गुर्जामा सामुदायिक स्नानगृह सञ्चालनमा


प्रशासन संवाददाता

२६ कार्तिक २०७५, सोमबार


म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका महिलाको अगुवाइमा तातोपानीले नुहाउन सकिने सामुदायिक स्नानगृह सञ्चालनमा ल्याइएको छ ।

चिसो हावापानी भएको उक्त स्थानमा भ्रमणमा आउने स्वदेशी र विदेशी पाहुनाको सुविधाका लागि स्थानीय हिमाली आमा समूहले रु १३ लाखको लागतमा सो स्नानगृह बनाएका हुन् । साविक गुर्जा गाविस र अहिलेको धौलागिरि गाउँपालिकाको रु पाँच/पाँच लाख अनुदान, रु एक लाख २० हजार बेलायतका नागरिकको सहयोग र बाँकी श्रमदानमा उक्त स्नानगृह निर्माण गरिएको आमा समूहले जनाएको छ ।

स्नानका लागि नेपालीलाई रु २० र विदेशीलाई रु १०० शुल्क निर्धारण गरिएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको उक्त स्थानको भ्रमण तथा गुर्जा, गुस्तुङ पिक हिमाल आरोहणका लागि आउने पर्यटकका लागि स्नानगृह प्रभावकारी हुने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस