२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुमा खोरेत रोगको प्रकोप, किसान चिन्तित

अ+ अ-

बेझाड । निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ ।

गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । मित्यालको धिर्जे, दुमिदमार, खानीदमार र ज्यामिरेका मदनपुर, मोटेखर्क क्षेत्रका पशुमा महामारीको रूपमा खोरेत रोगको संक्रमण फैलिएको छ ।

यहाँका करीब १५० गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुमा खोरेत रोगले सताएको निस्दी गाउँपालिकाका पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताए । संक्रमित क्षेत्रमा पशु शाखा कार्यालयका कर्मचारी, स्वयंसेवक, एक गाउँ एक प्राविधिकअन्तर्गतका प्राविधिक कर्मचारी गरी सात जनाको टोली निरन्तर खटिएर उपचारमा लागेको मश्राङ्गीले बताए ।

१५० संक्रमित पशुमा उपचार र दुई हजार २०० पशुमा खोरेतविरुद्धको भ्याक्सिन लगाउने काम भइरहेको छ । ‘बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर सात जनाले काम गरिरहेका छौँ, भ्याक्सिन लगाउने काम नसकिएकाले अझै दुई दिन लाग्नेछ’ मश्रङ्गीले भने । उपचार शुरु गरेपछि संक्रमित पशुले घाँसपात खान थालेको पशु शाखा प्रमुख मश्राङ्गी बताए ।

यहाँ पालिएका पशुमध्ये विशेषगरी गाई, भैँसी र बाख्रामा संक्रमण बढी देखापरेको छ । खोरेत नलागेका पशुमा खोरेत विरुद्धको भ्याक्सिनका लागि निस्दी गाउँपालिकाले सशर्त अनुदान अन्तर्गत रु ४८ हजार रकम सहयोग गरेको छ भने संक्रमित पशुमा उपचारका लागि अत्यन्तै कम शुल्कमा उपचार भइरहेको छ ।

गोठमा पालिएका ११ वटै गाईमा खोरेत रोगको संक्रमणले सताएको मित्याल धिर्जेका कृषक हस्तबहादुर गाहा गुनासो गरे । सोही ठाउँकै कृषक अम्म फालका ५६ बाख्रामध्ये चारमा संक्रमण देखिएपछि उपचार गरिएको बताए। अरु बाख्रालाई संक्रमणबाट बचाउन खोरेत विरुद्धको भ्याक्सिन लगाइएको छ ।

खोरेत रोग लागेको पशुमा मुखभित्रको म्युकस झिल्ली रातो रङ्गको हुने, मुखभित्र जिब्रो, गिँजा र खुट्टाको दुई खुरको बीचमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार र्‍याल चुहिरहने, खुट्टा खोच्याउने, १०६ डिग्री फरेनहइट ज्वरो आउने, दानापानी नखाने, दुहुना पशुले दूध उत्पादन घटाउने गर्दछ ।

थुन र फाँचोमा पनि घाउ आउन सक्ने र थुनेलो समेत गराउने, कतिपय ब्याउने पशु तुहिन्छ र बाँझोपनका लक्षणहरु देखापर्ने पशुस्वास्थ्य प्राविधिक बताउँछन् । कात्तिकको दोस्रो साताबाट यस क्षेत्रमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो । बेलाबेलामा खोरेतविरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ । रासस