२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

अ+ अ-

इनरुवा । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बाँसको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ ।

सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् ।  छठमा बाँसका सामग्रीको माग अत्याधिक हुने भएकाले आफूहरु बाँसका सामग्री बनाउनका लागि व्यस्त बनेको मारिक समुदायका वीरेन्द्र मरिकको भनाइ छ । गाउँगाउँबाट आफूहरुले रु १५० देखि २५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेकोे मरिक समुदायका व्यक्तिहरू बताउँछन् ।

छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ । छठ पूजा गर्ने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ ।

छठमा बाँसको सामग्री पुर्‍याउनलाई आफूहरुले महीना दिन अगाडिबाट काम शुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको गीता मरिकको भनाइ छ ।

आफूहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई शिक्षादिक्षा दिने गरेको बताउँछन् मरिक समुदायका व्यक्तिहरू । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा रहेको मरिक समुदायका भटाइ मरिकले बताए ।

लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्कालगायतका क्षेत्रका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त रहेका छन् । यसरी आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् मरिक समुदायहरू । त्यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री बनाउने व्यावसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस