२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डायलाइसिस सेवा सञ्चालन हुने

अ+ अ-

बुटवल । मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय लहरे पिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ । तानसेनमा डायलाइसिस सेवा सञ्चालन भएपछि पाल्पासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङबाट समेत मिर्गौलाको नियमित डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीलाई राहत मिल्नेछ ।

डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामी बुटवल, भैरहवा, चितवन तथा काठमाडौँमा पुगेर सेवा लिन बाध्य छन् । हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र ४८ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिन आउने गरेका छन् । पाल्पाका लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जा र बागलुङबाट ६२ जना बिरामी नियमित डायलाइसिसका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

मिर्गौलाको डायलाइसिसका लागि हप्तामा दुईदेखि तीनपटकसम्म बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गरी सो अस्पतालले उक्त सेवा सञ्चालनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकासँग स्थान उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

अस्पतालको आग्रहअनुरुप जिल्ला समन्वय समिति पाल्पाको पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था तथा सरोकारवालासहितको सर्वदलीय र सर्र्वपक्षीय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाइसिस सेन्टरका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

रोटरी इन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गरी मङ्सिर महीनासम्म डायलाइसिस सेवा सञ्चालन गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मिर्गौलाको डायलाइसिसका लागि स्वास्थ्य मन्त्रालयमा सूचीकृत भई बिरामीलाई निःशुल्क सेवा दिँदै आएको छ । डायलाइसिससँगै मिर्गौलाका बिरामीले गर्नुपर्ने नियमित रगत परीक्षणसमेत अस्पतालले निःशुल्क गर्दै आएको छ ।