२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री भन्छन् – अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताएका छन् ।

दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताए।

उनले संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगत्ले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताए।

दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उनले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताए ।

सङ्घीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीको भनाइ थियो । उनले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काम भइरहेको बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य हिमाल शर्माले पछिल्लो समयमा नेपालको परराष्ट्र सम्बन्धमा सुधार आएको बताए । अर्का केन्द्रीय सदस्य बलराम बाँस्कोटाले चाडपर्वपछि सरकारले गति लिने विश्वास व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस