२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री बाँस्कोटा स्वदेश फिर्ता

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा स्वदेश फिर्ता भएका छन् । उनी संयुक्त अरब इमिरेट्स (दुबई)को भ्रमण सकाएर स्वदेश फिर्ता भएका हुन् ।

मन्त्री बास्कोटा दुबईमा आयोजित अन्र्तराष्ट्रिय टेलिकम्युनिकेशन यूनियन (आईटियू)को १८ औँ सम्मेलनमा भाग लिएर सोमबार स्वदेश फिर्ता भएका हुन् । सम्मेलन कत्तिक १२ देखि ३० गतेसम्म चलेको थियो ।

मन्त्री बास्कोटाले सम्बोधनका क्रममा कृषि, शिक्षा, स्वास्थ्य, शहरी पूर्वाधार, उर्जा, पर्यटन, वित्त आदि क्षेत्रलाई केन्द्रमा राखेर डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सूचना प्रविधिको विकासलाई अगाडि बढाईएको बताए । उनले दीगो विकासको लक्ष्य हाँसिल गर्न सूचना प्रविधि नीति र ब्रोडव्याण्ड नीति तर्जुमा गरी कार्यान्वयनमा लगिएको उल्लेख गरे ।

यस्तै सूचना प्रविधि ऐन तर्जुमाको कार्यलाई अगाडि बढाईएको र दूरसञ्चारको क्षेत्रमा विश्व समुदायले हाँसिल गरेका नविनतम प्रविधिलाई आत्मसाथ गर्दै आईटियू सँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

१९३ राष्ट्र सहाभागी सम्मेलनमा मन्त्री बास्कोटाले नेपालको दूरसञ्चार क्षेत्रका भावी योजना प्रस्तुत गर्नुका साथै प्रगतिबारे जानकारी गराएका थिए ।

नेपालले अगाडी बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लागि नेपाल सरकारले विभिन्न कार्ययोजना बनाएको र दीगो विकास लक्ष्य हासिल गर्न ब्रोडब्याण्ड नीति, २०७१ तथा आईटीयूको कनेक्ट, २०२० निर्धारण गरेका लक्ष्यहरू हासिल गर्ने गरी कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको विवरणसमेत मन्त्री बास्कोताले बैठकमा प्रस्तुत गरेको सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

आईटीयूका नीति र रणनीतिबारे निर्णय लिन हरेक ४ वर्षमा यसका सदस्य राष्ट्रहरुको सम्मेलन हुने गरेको छ । सम्मेलनकै क्रममा मन्त्री बास्कोटाले विभिन्न देशका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावासको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस