३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३७ किलो चरेससहित स्थानीय तहका जनप्रतिनिधि पक्राउ

अ+ अ-

रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् ।

पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका-५ का वडा सदस्य हुन् ।

शनिबार राति करीब ८ बजेको समयमा उनीहरुलाई बुटवल उपमहानगरपालिका-१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको थियो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस