२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुँडा टेकेर टिका लगाई दिने मन्त्री

अ+ अ-

काठमाडौँ । उच्चपदस्थकोमा दशैंको टिका थाप्न जाँदा घुँडा टेकेर टिका लगाइएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा यता नेपाल सरकारकै एक जना मन्त्री स्वयंले भने आफै घुँडा टेकेर टिका लगाइ दिएको तस्बिर सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनका निजी सुरक्षा अधिकारी(पिएसओज)लाई परिवारका सदस्यसँगै दशैको टिका तथा जमरा लगाई दिएको तस्बिर सार्वजनिक भएको हो ।

श्रीमतीसँगै रहेका मन्त्री पण्डितले टिका थाप्न आएका नेपाली सेनाका अधिकारीलाई सजिलो गरी पलेटी कसेर बसाएका छन् भने टिका लगाइदिँदा आफैले घुँडा टेकेका छन् ।

यसै विषयमा हामीले मन्त्री पण्डितलाई एउटा प्रश्न सोधेका थियौँ –ठूलाबडाकोमा घुँडा धसेर टिका थापिरहेको तस्बिर सार्वजनिक भइरहँदा तपाइले चाहिँ आफै घुँडा टेकेर किन टिका लगाएको ?

‘टिका लगाई दिने व्यक्तिको सजिलोका लागि मैले घुँडा टेकेको हो,’ –मन्त्री पण्डितले भने–’पारिवारिक बैठक कोठामा परिवारका सदस्यहरूसहित आफूकहाँ आउनेहरूलाई पारिवारीकरुपमै टिका टालो गरेर दसैँ मनाइयो ।’

उनले भेटघाटका लागि रहेको भुईतलाको ठुलो बैठक कोठामासमेत नभई माथिल्लो तलामा रहेको पारिवारिक बैठक कोठामा नै टिका टालो गर्ने व्यवस्था मिलाएका थिए ।

परिवार, सचिवालयका सदस्य, मन्त्री निवासमा रहेका सुरक्षाकर्मी तथा भेट्न आउने आफन्तहरूलाई एउटै समयमा एकै ठाउँमा राखेर टिका लगाए दिएको बताउँदै मन्त्री पण्डितले ९ बजेर ५१ मिनेटमा छोरी, परिवारलाई टिका लगाएसँगै सचिवालय तथा सुरक्षाकर्मी साथीभाइ लाई टिका लगाई दिएर दशैं मनाएको बताए ।

निजी सुरक्षा अधिकारीलाई टिका लगाइदिँदाको उक्त तस्बिरले पदीय मर्यादा भन्दा माथि उठेर पारिवारिक बनाउन खोजेको दृश्य साच्चिकै सांस्कारिक र सम्मानयोग्य छ ।

प्रतिक्रिया दिनुहोस