२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगद्वारा कार्यतालिका परिमार्जन, भोली सार्वजनिक हुँदै

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले पदपूर्ति सम्बन्धी कार्य तालिका परिमार्जन गरेको छ ।

सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको आग्रहसँगै प्रभावित हुन पुगेको आयोगको नियमित कार्य तालिका पुनर्तालिकीकरण गरेसँगै रोकिएका पदहरूको मंसिर अन्तिम साताबाट विज्ञापन हुने भएको छ ।

विज्ञापन गर्न लोक सेवा आयोग स्वतन्त्र छ तर सरकारबाट माग प्राप्त भएपछि मात्रै आयोगले विज्ञापन खोल्ने भएकोले दुई महिनाभित्र सरकारले माग पठाएमा मंसिर अन्तिमसाता बिज्ञापन हुने निश्चित जस्तै भएको छ । आयोगको निर्णय भोलि सार्वजनिक हुने स्रोतले बतायो ।

सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधवार गर्ने आयोगको कार्य तालिका रहेको थियो ।

‘संवैधानिक निकायलाई सरकारले यो भन्दा बढी कार्य तालिका नै परिवर्तन गर्न नभन्ला भन्ने अपेक्षासहित दुई महिनाको लागि गरेको सरकारको आग्रहलाई स्विकारेका हौँ’ आयोगको अध्यक्ष उमेश प्रसाद मैनालीले भने,- ‘रि–सेड्यूल अनुसार मंसिरको अन्तिम साता विज्ञापन गर्नुपर्ने हुन्छ, त्यो बेला चाहिँ फेरी रिसेड्यूल गर्नुपर्ने अवस्था नआओस् ।’

आयोगले अहिलेसम्मकै नगरेको निर्णय गर्नुपरेको बताउँदै अध्यक्ष मैनालीले भने -‘एक पटकका लागि मात्रै सार्नु परेको र पुनः सार्न परेमा त्यो अवस्थामा आयोग असमर्थ जस्तै हुनेछ ।’

संघीय मामिला तथा सामान्य प्रशासनको दुई महिना पछि मात्रै विज्ञापन गर्नका लागि भएको अनुरोधलाई हृदयांगम गर्दै आयोगले सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा सञ्चालन गर्ने र पुस १ गतेदेखि पुरानै कार्यतालिकालाई असर नपर्ने गरी आयोगले पारित गरेको आयोगका सहसचिव तथा प्रवक्त्ता किरण राज शर्माले जानकारी दिए ।

प्रवक्त्ता शर्माले भने-समग्र निजामती सेवाको वृत्ति विकासमा असर नपरोस् भनेर आयोगले यो किसिमको व्यवस्था गरेको छ ।

यसैबिच आयोगले आज एक सूचना प्रकाशन गर्दै सरकारले अनुरोध गरेको पत्र प्राप्त गरेको जनाएको छ । सूचनामा भनिएको छः सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधवार गर्ने आयोगको कार्य तालिका रहेकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७५/०६/२८ मा निर्णय गरी उक्त विज्ञापनहरू एक पटकलाई दुई महिना पछि हुने गरी पुनर्तालिकिकरण गरिदिन अनुरोध गरिएको पत्र मिति २०७५/०६/२९ गते प्राप्त भएको छ ।

र, यो पनि

लोक सेवा आयोगको पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक

प्रतिक्रिया दिनुहोस