२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीको सरदर आयु ७३ वर्ष पुर्‍याइने

अ+ अ-

काठमाडौ । नेपालीको सरदर आयु वि.सं. २०७७ सम्म ७३ वर्ष पुर्‍याइने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा वि.सं. २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ ।

पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको बताइएको छ । साथै नसर्ने रोग मुटु, मिर्गौला, अर्बुदरोगलगायत रोग उपचारमा केही आर्थिक सहयोगसमेत प्रदान गरिएको छ ।

प्रतिवेदनले वि.सं. २०७७ सम्म मातृमृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५, पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरेको छ ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ । प्रतिवेदनमा स्वास्थ्य संस्थामार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पुर्‍याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको सङ्ख्या ५८ बाट ७२ प्रतिशत पुर्‍याइने लक्ष्यसमेत निर्धारण गरिएको छ ।

नेपालमा नवजात शिशु तथा प्रसूति सेवा निःशुल्क छ । आमा सुरक्षा कार्यक्रममार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई यातायात खर्चसमेत दिँदै आएको छ ।

अर्कातर्फ नयाँ एचआईभी सङ्क्रमित वार्षिक सङ्ख्या हालको ८०१ बाट ७१० जनामा झार्ने तथा पहिचान भएका क्षयरोगीमध्ये उपचारको सफलता ९० प्रतिशत पुर्‍याइने पनि तय गरिएको छ ।

प्रतिवेदनले स्वास्थ्य नीत, रणनीति तथा बीमा ऐनको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन जरुरी रहेको औँल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस