२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

अ+ अ-

काठमाडौंं । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का छन् । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ ।

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुँयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।

नेपाली टोली अहिलेसम्म विजेता बन्न सकेको छैन । सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । उपाधि होडमा अहिलेसम्म नेपाललाई भारतले रोक्दै आएको छ ।

नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठ नेपालको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताउँछन् । “तयारी राम्रौ भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ” प्रशिक्षक श्रेष्ठले भने। प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो ।

प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्दै छ । कात्तिक १० मा माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ । यसअघि भएको तीन संस्करणमध्ये भारतले दुई तथा बङ्गलादेशले एउटा जितेका छन् । भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ । रासस

प्रतिक्रिया दिनुहोस