२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर बस्तीमा पहिलोपटक सामूहिक टीका

अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन्।

बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन्।

यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ।

धुर्मुस–सुन्तली फाउण्डेसनले आफूहरुका लागि पक्की घर बनाइदिँदा वरपरका अन्य समुदायले पनि सहयोग गरेकाले अहिले ती समुदायले मनाएको महान चाड बडादशैँ आफूहरूले पनि मनाएकोे नमूना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादाले बताए।

घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए।

यसअघि मुसहर भनेर आफूहरुसँग छोइछिटो गर्ने बाहुन क्षेत्री परिवारका नयाँ पुस्ताका युवायुवती आफूहरूको सामूहिक भोजमा सरिक भएका र सँगै बसेर खान पाउँदा आफूहरु पनि अब समाजका सदस्य भएको महसुस भएको यहाँका दलित बताउँछन्।

सामूहिक टीकामा बर्दिवास–३ गौरीवासका बासिन्दा, बर्दिवास नगरपालिकाका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्की र सञ्चारकर्मी राजकरण महतोलगायतको सहभागिता थियो। रासस

प्रतिक्रिया दिनुहोस