२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको आहृवानः देश विकासको महाअभियानमा सहभागी होऔँ

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको महाअभियानमा सहभागी हुन आहृवान गरेका छन् ।

वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील रहेको बताएका छन् ।

अहिले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएकोले राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य रहेको बताउँदै भनेका छन् ‘त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आहृवान गर्दछु ।’

‘हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौं ।’ उनले भनेका छन्, यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन भन्ने कुरामा हामी हरेक क्षण सजग हुँदै आएका छौं’

दशैंको यस अवसरमा आमनेपाली जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट कुनै पनि क्षण विचलित नहुने प्रतिवध्दता व्यक्त गर्दै सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु उनले भनेको छन् ।

सन्देशको पूर्णपाठ

श्ुाभकामना

२०७५ सालको वडा दशैंको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लामो राजनीतिक संघर्षको युग पार गरेर हाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ । यसबीच जननिर्वाचित संविधानसभाबाट संविधान जारी भइ सकेपछि तीन वटै तहका निर्वाचनहरु सम्पन्न भइसकेका छन् । संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु कृयाशील भइसकेका छन् । देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ ।

वर्तमान सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील छ । देशलाई आर्थिक–सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन हामीलाई जनताले दिएको अभिभारा हामीले शीरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन् भन्ने कुरामा हामी हरेक क्षण सजग हुँदै आएका छौं । हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौ ।

हाम्रो देशमा रहेको काम गर्न सक्ने उमेर समूहको वाहुल्यत अथार्त युवा जनसंख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो । तर यो उमेर समुहको जनसंख्या रोजगारको खोजीमा विदेशीभूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।

अहिले सानातिना बिषयहरु उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन । राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य छन् । त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आह्वान गर्दछु ।

हामी सबैले जनताको समृध्दि र सुखलाई सर्वोपरि महत्व प्रदान गर्नै पर्दछ । साथै, आर्थिक रुपमा सम्पन्न भएर मात्र मानिस सुखी हुन सक्दैन भन्ने पनि मनन गर्नु पर्दछ । सामाजिक सुरक्षाका दृष्टिले समेत हरेक व्यक्ति सुखी भएको खण्डमा मात्र हाम्रो लक्ष्य पूरा हुन सक्दछ ।

दशैंको यस अवसरमा आमनेपाली जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट कुनै पनि क्षण विचलित नहुने प्रतिवध्दता व्यक्त गर्दै सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२ कार्तिक,२०७५
के.पी.शर्मा ओली

प्रतिक्रिया दिनुहोस