२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रर्वद्धनमा सहयोगी बन्यो यान्त्रिक पुल

अ+ अ-

कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ ।

नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् । व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ ।

व्यापारी–व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य सङ्घको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ । यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ वि.सं. २०६९ मा निर्माण गरिएको हो । छ वर्ष अघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ ।

सदरमुकाम कुश्माको वडा नं. ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि थप अब्बल सावित हुँदै गएको छ ।

कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवर्द्न गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो । उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ ।

करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । “बलेवा क्षेत्रमा ठूलो जनसङ्ख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं,” कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने, “बलेवा विमानस्थल, कालीगण्डकी कोरिडोर, प्रसिद्ध भैरवस्थान मन्दिर र बलेवा क्षेत्रको घना वस्तीलाई ध्यानमा राखेर सेवामुखी सोचका साथ यो परियोजना ल्याएका हौं ।” उनले भने, “हामीले मुनाफा मात्र हेरेका छैनौं, समाज विकासका लागि समेत हाम्रो लगानी अर्थपूर्ण होस् भन्ने अपेक्षा हो ।”

अहिले बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदल मार्ग भएर आउने पर्यटकहरु समेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ । प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्न जाने–आउने तीर्थालुहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ । पुल निर्माणपछि बिरामीहरुलाई तुरुन्त कुश्मासम्म ल्याउन र अत्यावश्यक वस्तुहरु तुरुन्तातुरुन्तै ओसारपसार गर्न समेत पुल सहयोगी बनेको छ । द्रुत गतिमा स्तरोन्नति हुँदै गइरहेको कालीगण्डकी कोरिडोर बाह्रैमास सञ्चालनमा आउन थालेपछि यान्त्रिक पुलमा आवतजावत गर्नेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सम्भवतः मुलुकमै सबैभन्दा धेरै ४६३ जना शेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको यो पुलको कुल लम्बाइ ५५० मिटर रहेको छ भने क्यारिज क्षमता ८ जना (६०० केजी) रहेको छ ।

महिनामा करीव ५०० को हाराहारीमा त पर्यटकहरु मात्र यो पुल चढ्ने गर्दछन् । यान्त्रिक पुलका कार्यालय प्रमुख चिरन्जीवी रेग्मी भन्छन्, “दैनिक ४०० जना भन्दा बढीले यान्त्रिक पुलबाट सेवा लिइरहेका छन् ।” उनका अनुसार प्रत्यक्ष रुपमा १३ जना स्थानीयवासीले रोजगारी पाएका छन् ।

कालीवारि र पारिको दूरीलाई छोट्याउने मात्र नभई कुश्मा आउजाउ गर्न पुल निर्माणपछि निकै सहज बनेको स्थानीयवासीको धारणा छ । बलेवा नेपानेका यामबहादुर केसी भन्छन्, “पुल निर्माण भएपछि बलेवामा आवातजावत गर्ने र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।” पुलबाट यात्रा गरिसकेपछि बलेवा क्षेत्रमा पुग्ने पर्यटकहरुले सुविधासम्पन्न होटल, पार्क लगायत केही समय भुल्ने ठाउँको अभाव भएको तथ्यलाई औँल्याउँछन् । कालीगण्डकी नदीमाथि बञ्जी, स्काई साइक्लिङ र स्वीङको निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस