२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृतको नतिजा प्रकाशनः सबैभन्दा बढी स्याङजा २८, सिन्धुपाल्चोक र हुम्लाबाट एक/एक जना

अ+ अ-

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृतको नतिजा प्रकाशन गरेको छ ।

लोक सेवा आयोगले लिने विभिन्न पाँचवटा चरण पार गर्दै ३६५ जना शाखा अधिकृत वा सो सरहका लागि सिफारिस भएका हुन् ।

शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढि स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौं र मकवानपुरका १३/१३ जना, अर्घखाँचीका १२, पर्वतका ११, खोटाङ्ग र बाग्लुङ्गका १०/१० जना, धनुषा, नवलपरासी र सुर्खेतका ९/९ जना, कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका ८/८ जना सिफारिश भएका छन् ।

त्यसैगरी दाङ, सप्तरी, सर्लाही र सुनसरीका ७/७ जना, उदयपुर, चितवन, धादिङ्ग र प्यूठानका ५/५ जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका ५/५ जना, इलाम, पाँचथर, पाल्पा, बजाङ्ग, बर्दिया, बारा, रौतहट, ललितपुर, संखुवासभा र सिरहाका ४/४ जना, ओखलढुंगा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका ३/३ जना सिफारिस भएका छन् भने अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका २/२ जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका १/१ जना सिफारिश भएका छन् ।

आयोगले २०७४ मंसिर २७ गते राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा १९१ जना, प्रशासन सेवा, लेखा समूहमा ६३ जना, प्रशासन सेवा राजस्व समूहमा ३५ जना, लेखापरीक्षण सेवामा १० जना, परराष्ट्र सेवामा ५ जना, न्याय सेवामा ८६ जनाको लागि खुला तथा समावेशी समूहमा विज्ञापन भएका पदहरुमध्ये खुलामा २०६, महिलामा ५९, आदिवासी/जनजातिमा ५२, मधेशीमा ३९, दलितमा १८, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको लागि विज्ञापन प्रकाशन गरेको थियो ।

शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको २०७५ भाद्र १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र २०७५ भाद्र १८ देखि असोज २६ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।

न्याय सेवामा माग पद संख्या ८६ (न्याय समूहमा ४८, कानुन समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस बर्ष ६१ जना उम्मेदवारहरु सिफारिश गरिएको छ । सिफारिश भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् । न्याय समूहमा १३, कानुन समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिश हुन सकेनन् । जसमध्ये महिला तर्फ ११, आदिवासी÷जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपांग तर्फ १ पदमा उम्मेदवार सिफारिश हुन सकेनन् । न्याय सेवामा सिफारिश भएका उम्मेदवारहरुमध्ये २५ वर्ष सम्मका ११ जना, २५ देखि ३० बर्ष उमेर समूहका २४ जना, ३० देखि ३५ बर्ष उमेर समूहका २२ जना, ३५ देखि ४० बर्ष उमेर समूहका ४ जना रहेका छन् ।

परराष्ट्र सेवातर्फ माग गरिएको सबै पदमा उम्मेदवारहरु सिफारिश भएका छन् । खुला तर्फ ३, आदिवासी÷जनजाति तर्फ १ र दलित तर्फ १ गरी जम्मा ५ जना परराष्ट्र सेवामा सिफारिश भएका छन् ।
त्यसैगरी प्रशासन सेवातर्फ माग गरिएका सबै २९९ पदहरुमा उम्मेदवारहरु सिफारिश भएका छन् । सामान्य प्रशासन समूहमा १९१, लेखा समूहमा ६३, राजस्व समूहमा ३५ र लेखापरीक्षण सेवामा १० जना सिफारिश भएक छन् । ती मध्ये खुलाबाट १६४, महिला ४५, आदिवासी÷जनजाति ३७, मधेशी २९, दलित १२, अपांग ७ र पिछडिएको क्षेत्रमा ५ जना सिफारिश भएका छन् । प्रशासन÷लेखापरीक्षण सेवामा सिफारिश भएका उम्मेदवारहरुको उमेर समूह २५ बर्षसम्मका ६३ जना, २५ देखि ३० बर्ष उमेर समूहका १२८ जना, ३० देखि ३५ बर्ष उमेर समूहका ८३ जना, ३५ देखि ४० बर्ष उमेर समूहका २४ जना र ४० बर्ष माथिका १ जना रहेका छन् । यस बर्ष प्रशासन तथा पहिलो पटक लेखापरीक्षण समूहका माग गरिएका सबै पदहरुमा पदपूर्ति हुन सकेको छ ।

शाखा अधिकृत वा सो सरह पदमा न्युनत्तम स्नातक उत्तीर्ण उम्मेदवारहरुले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । सिफारिश भएका उम्मेदवारहरुको न्युनत्तम शैक्षिक योग्यताका आधारमा विशिष्ट तथा प्रथम श्रेणीका ११९ जना, द्वितीय श्रेणीका २३४ जना, तृतीय श्रेणीका ११ जना र श्रेणी नखुलेका १ जना रहेका छन् ।

शाखा अधिकृत पदका उम्मेदवारहरुले प्रथम चरणमा सामान्य ज्ञान, बौद्धिक परीक्षण र अंग्रेजी विषयको १०० वटा बस्तुगत बहुवैकल्पिक प्रश्नका माध्यमबाट १०० पूर्णाङ्कको परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ । प्रथम चरणमा उत्तीर्ण उम्मेदवारहरुको द्वितीय चरणमा दोस्रो पत्र शासन प्रणाली विषयको १०० पूर्णाङ्कको विषयगत, तेस्रो पत्र समसामयिक विषयको १०० पूर्णाङ्कको विषयगत र चौथो पत्रमा तोकिएका १८ वटा विषयहरुमध्ये उम्मेदवारले रोजेको कुनै एक विषयमा ५० पूर्णाङ्कको वस्तुगत परीक्षा दिनुपर्ने व्यवस्था छ ।

परराष्ट्र सेवामा परीक्षा दिनेहरुले परराष्ट्र सेवा (१०० पूर्णाङ्क)को विषयगत र अंग्रेजी विषय (१०० पूर्णाङ्क)को विषयगत सम्बन्धी थप परीक्षा दिनुपर्नेछ भने न्याय सेवाका लागि न्याय सेवाको एउटा थप पत्र (१०० पूर्णाङ्क)को विषयगत परीक्षा दिनुपर्नेछ । दोस्रो चरणबाट छनौट भएका उम्मेदवारहरुको १० पूर्णाङ्कको सूचना प्रविधि सीप परीक्षण, १० पूर्णाङ्कको सामूहिक परीक्षण र लिखित परीक्षाको पूर्णाङ्क अनुसार लिखित परीक्षाको १०० पूर्णाङ्कका लागि २० र प्रत्येक थप १०० पूर्णाङ्कका लागि थप १० अंकका दरले हुन आउने अंकको अन्र्तवार्ता लिने व्यवस्था रहेको छ ।

यो बर्ष सिफारिश भएका उम्मेदवारहरुको चौथो पत्र ऐच्छिक विषयको आधारमा राजनीतिक शास्त्रका १४७ जना, लेखा तथा वित्तशास्त्रका ७६ जना, कानुनका ६२ जना, जनसंख्या अध्ययनका ५० जना, अर्थशास्त्रका १३ जना, समाजशास्त्र तथा मानवशास्त्रका ४ जना, वातावरण विज्ञानका ३ जना, सार्वजनिक प्रशासनका ३ जना, माइक्रोबायोलोजी विषयका २ जना, जुलोजी विषयका २ जना, कृषिका १ जना, बन विज्ञानका १ जना र इञ्जिनियरिङ्ग विषयका १ जना रहेका छन् । यस बर्ष शिक्षा, वन, स्वास्थ्य विज्ञान, भौतिकशास्त्र र रसायशासत्र ऐच्छिक विषय हुनेहरु सिफारिश हुन सकेनन् ।

प्रथम चरण र दोस्रो चरणको लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सूचना प्रविधि सीप परीक्षणमा कम्प्युटर सम्बन्धी सीप र दक्षताको परीक्षण हुने, सामूहिक छलफल र अन्तर्वार्तामा व्यवहारिक परीक्षण समेत भई नियुक्तिका लागि छनौट गर्ने आयोगका सहसचिव एवं प्रवक्त्ता किरण राज शर्माले बताए ।

जिल्लागत सिफारिश विवरण

जिल्ला संख्या जिल्ला संख्या जिल्ला संख्या जिल्ला संख्या
स्याङ्जा 28 दाङ 7 बारा 4 तेह्रथुम 2
गुल्मी 19 सप्तरी 7 रौतहट 4 दार्चुला 2
झापा 17 सर्लाही 7 ललितपुर 4 बैतडी 2
काठमाडौं 13 सुनसरी 7 संखुवासभा 4 भक्तपुर 2
मकवानपुर 13 उदयपुर 6 सिरहा 4 रुकुम 2
अर्घाखाँची 12 चितवन 6 ओखलढुंगा 3 सोलुखुम्बु 2
पर्वत 11 धादिङ्ग 6 कैलाली 3 जाजरकोट 1
खोटाङ्ग 10 प्युठान 6 गोरखा 3 बाजुरा 1
बाग्लुङ्ग 10 तनहुँ 5 जुम्ला 3 भोजपुर 1
धनुषा 9 ताप्लेजुङ्ग 5 दैलेख 3 रामेछाप 1
नवलपरासी 9 नुवाकोट 5 पर्सा 3 रूकुम 1
सुर्खेत 9 रुपन्देही 5 बाँके 3 सल्यान 1
कपिलवस्तु 8 इलाम 4 महोत्तरी 3 सिन्धुपाल्चोक 1
काभ्रेपलाञ्चोक 8 पाँचथर 4 म्याग्दी 3 हुम्ला 1
कास्की 8 पाल्पा 4 अछाम 2 जम्मा 365
धनकुटा 8 बझाङ्ग 4 कञ्चनपुर 2 ६५ जिल्लाका उम्मेदवारहर सिफारिश भएका
मोरङ्ग 8 बर्दिया 4 डडेल्धुरा 2

शैक्षिक योग्यताको श्रेणी अनुसार सिफारिश विवरण

शैक्षिक योग्यताको श्रेणी अनुसार सिफारिश विवरण विशिष्ट/प्रथम श्रेणीः 119 जना, द्वितीय श्रेणीः 234 जना,

तृतीय श्रेणीः 11 जना,  श्रेणी नखुलेकोः 1 जना ।

ऐच्छिक विषय अनुसार सिफारिश विवरण

विषय संख्या विषय संख्या विषय संख्या
Political Science 147 Environment Science 3 Engineering 1
Account & Finance 76 Public Administration 3 Education 0
Law 62 Microbiology 2 Forestry 0
Population Studies 50 Zoology 2 Health Science 0
Economics 13 Agriculture 1 Physics 0
Sociology & Anthropology 4 Botany 1 Chemistry 0

उमेरगत सिफारिश विवरण

उमेर समूह सिफारिश संख्या
२५ वर्ष सम्मका 74
२५-३० बर्षका 156
३०-३५ बर्षका 105
३५-४० वर्षका 29
४० वर्ष माथिका 1
जम्मा 365 जना
प्रतिक्रिया दिनुहोस