२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा क्यान्टिन : पेन्टका बट्टामा राखिन्छ दालभात

अ+ अ-

काठमाडौं । सामान्यतया दाल र भात केमा खन्याइन्छ ? थोरै मात्रामा भए पकाएकै भाँडाबाट थालमा पस्किइन्छ भने अलि धेरै जनाका लागि हो भने सिल्भर तथा स्टिलको सफा भाडामा राखेर पस्किने गरिन्छ । अझ व्यावसायिकरूपमा खाना खुवाउने ठाउँमा त त्यही अनुसारका भाँडावर्तनहरू प्रयोगमा ल्याइएको हुन्छ । जो कोहीले बुझ्ने यही हो ।

तर, देशको मुख्य प्रशासनिक केन्द्र अर्थात् देशका प्रधानमन्त्री तथा मुख्य सचिवको कार्यालय छेउको क्यान्टिनमा भने घर रंग्याउने पेन्टको बट्टामा राखेर दालभात खुवाइन्छ । जहाँ दैनिक सयौं कर्मचारीले नियमित खाना खाने गर्छन् ।
पत्यार लागेन ल हेर्नुस् : यो कर्मचारीलाई खुवाउने दाल र भात हो कि वस्तुभाउका लागि तयार पारिएको कुँडो !

कर्मचारीलाई खुवाइने खाना वस्तुभाउलाई खुवाउने कुँडो जसरी फोहोर भुइँमा राखेर खुवाइरहँदा न त खाने कर्मचारीहरूबाट गुनासो आएको सुनिन्छ न त खाद्य गुणस्तर सम्बन्धी निकायको नै दृष्टि पुगेको देखिन्छ ।

पकाएको खाना त यस्तो भाडोमा यसरी राखिन्छ भने पकाउने चुलो र खाने ठाउँ कस्तो होला ?

खाना, भान्सा र खाने ठाउँ त यस्तो छ भने यसको बाहिरी आवरण कस्तो होला त्यो पनि हेर्नुहोस् एक पटक ।

सिंहदरवारभित्र एउटै क्यान्टिन छैन ताकि यति देखाइसकेपछि तपाईँले त्यो कुन हो भनेर थाहा पाइसक्नुभयो, दर्जनौं क्यान्टिनहरू छन् जसको अवस्था यसको भन्दा खासै धेरै फरक छैन ।
केही समयअघि परराष्ट्र मन्त्रालयको क्यान्टिनमा काग ग्राहक शीर्षकको समाचार हेर्नुभयो होला ।

सम्बन्धित समाचार : परराष्ट्रको चमेना गृहमा काग ग्राहक !

यो क्यान्टिनको नाम त कहिँ देखिएन, न त ठ्याक्कै कुनै मन्त्रालयको हाताभित्र नै छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ठीक पछाडिपट्टि छ । पुरानो प्रधानमन्त्री कार्यालयको अगाडिबाट सिधै पछाडिपट्टि जाँदा झाडीभित्र छ यो क्यान्टिन ।

यति धेरै देखाइसकेपछि अब त सबैकुरा छर्लङ्गै भयो होला । देशको प्रमुख प्रशासनिक केन्द्रभित्र पनि यस्तो अवस्था छ र अरुलाई सभ्यता र सरसफाई सिकाउनेहरूको अवस्था यस्तो छ भनेर ।

सिंहदरवारका हरेक कुराहरू नमुनायोग्य हुनुपर्छ ताकि देशका अरु मानिसले त्यसबाट केही सिक्न सकून् । तर, उल्टै सिकाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस