२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिलाई प्राथमिकतामा राख्नुपर्ने : कृषिमन्त्री खनाल

अ+ अ-

सिन्धुली । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताए ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

नेपालको सन्दर्भमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म लाखौँ सङ्ख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताउँदै अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनको भनाइ छ ।

उनले भने, “सरकार विस्तारै परम्परागत खेती प्रणाली फेर्न, जमीनको व्यवस्थापन गर्ने, कृषिमा आधुनिकीकरण गरी व्यावसायिकरण गर्न सामूहिकरुपमा खेती प्रणालीको विकास गर्न र अनुदानलाई व्यवस्थित गर्न लागि परिरहेको छ ।”

उनले अर्गानिक उत्पादन गर्न सरकारले बीउबिजन, कृषि प्राविधिकलगायत समग्ररुपमा सहयोग गर्न पहिला अर्गानिक कृषिउपज उत्पादनलाई ६ नम्बर प्रदेशलाई छनोट गरेको र प्रदेश सरकारसँग सहकार्य भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस