बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७५, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार उक्त सुन केरुङ नाकाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि केहीदिन अघि पनि ३ किलो सुनसहित १ जना पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस