२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रभावित

अ+ अ-

जाजरकोट । गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् । लामो समयदेखि विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि आउने बिरामीलाई विद्युत्को अभावमा सेवा दिन मुस्किल भएको केन्द्रले बताएको छ ।

एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ । दैनिक सेवा लिन आएका स्थानीयहरु हैरान भएका छन् । यहाँ रहेको छापाखाना समेत वन्द भएको छ ।

जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरेपनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको सञ्चार सेवासमेत विद्युत् आपुर्ति नहुँदा अवरुद्ध भएको छ । विद्युत् नहुँदा यहाँका स्थानीयहरु मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्नसमेत नपाएको कालीमाटीका शिक्षक दिनेश ओलीले बताए ।

नगरपालिकाकाभित्रका सबै सरकारी सेवासमेत ठप्प भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत् सेवा सुचारु गर्न ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई तत्काल ३० वटा पोल र आवश्यक मात्रामा तार उपलव्ध गराउन आदेश दिएका छन् ।

आज नै विद्युत् प्राधिकरणले नेपालगञ्ज कार्यालयलाई पोल र तारका दिन परिपत्र गर्ने उनको भनाइ छ । आज नै आवश्यक सामग्री लिएर जाजरकोट जाने तयारी भएको रावलको भनाइ छ । यहाँका तीनबाट विद्युत् आयोजनामा भएको क्षतिको मर्मत स्थानीय तहबाट सो गर्न बजेट अपुग हुने भएपछि केन्द्रसँग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकबहादुर रावलले बताए । रासस

प्रतिक्रिया दिनुहोस