२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा प्रश्नोत्तर-विषयगत प्रश्न

अ+ अ-

प्रश्न. सामाजिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? नेपालमा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कसरी निर्वाह गरिरहेका छन् ? उल्लेख गर्नुहोस् । (2+8)

उत्तर

सामाजिक उत्तरदायित्व
कुनै पनि सरकारी निकाय तथा निजी संस्थाहरू समाजमा स्थापना भएर समाजबाट नै लाभ आर्जन गर्ने गर्दछन् । वित्तीय संस्थाहरूले मुनाफा आर्जन सँगसँगै समाजप्रतिको नैतिक, व्यावसायिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै सकारात्मक र नकारात्मक प्रभावको सम्बन्धमा जवाफदेहिता प्रवर्द्धन गर्ने विषय नै सामाजिक उत्तरदायित्व हो ।

♦ संस्थाले आफ्नो लाभांशबाट केही हिस्सा समाजको लागि पनि Share गर्नु सामाजिक उत्तरदायित्व हो, यसलाई Corporate Social Responsibility पनि भनिन्छ ।

सामाजिक उत्तरदायित्व सम्बन्धमा वित्तीय संस्थाहरू देहायका पक्षहरूमा निर्वाह गरेको पाइन्छ

सामाजिक व्यवसाय प्रवर्द्धन गरेर
समाजका कमजोर वर्गहरूको आर्थिक हित संरक्षण हुने र विपन्न वर्गले रोजगारी पाउने गरी साना, मझौला खालका व्यवसायहरूका लागि लगानीको वातावरण सिर्जना, सहुलियतपूर्ण अनुदानको माध्यमद्वारा,

सामाजिक सेवालाई प्रवर्द्धन गरेर
वित्तीय संस्थाहरूले आफ्नो समाजमै विभिन्न अस्पताल, प्रसूति गृह, शिक्षालय, Green business जस्ता क्षेत्रमा लगानी गर्ने, गरिब विपन्न घरपरिवारका छोराछोरीलाई शिक्षा दीक्षा छात्रवृत्ति, स्वास्थ्यमा सहुलियत कुनै आपत् विपतमा परेका वर्गलाई राहत सामाग्री वितरणको माध्यमद्वारा ,

संस्थागत सामाजिक दायित्व पुरा गरेर
आफ्नो टोल-टोल, बस्तीहरूमा सरसफाइ कार्यक्रमहरू, अमुक रोग विरुद्ध सचेतना, घुम्ती सेवाको माध्यमद्वारा विभिन्न क्लबहरूलाई नेतृत्व विकास तालिम तथा सिप विकासद्वारा,

सामाजिक कल्याण अभिवृद्धि गरेर
कुनै प्राकृतिक प्रकोप, भवितव्यले पुर्‍याएको क्षतिको वेला (बाढी-पहिरो, भूकम्प, आगलागी) जसमा राहत सामाग्री उपलब्ध गराएर, विपद व्यवस्थापनमा सहयोग पुर्‍याएर, स्वास्थ्य सेवा उपलब्ध द्वारा,

सरकारको प्रभावकारिता अभिवृद्धि गरेर
सरकारद्वारा जनताका लागि प्रदान गरिएका सार्वजनिक सेवाहरूलाई सहज सर्वसुलभ बनाउन विभिन्न चेतनामूलक कार्यक्रमहरू, भ्रष्टाचार विरुद्धका कार्यक्रमहरू, विकास र समृद्धिलाई ठोस गति र दिशा प्रदान गर्न सार्वजनिक निर्माणमा सहयोग र हातेमालोको माध्यमद्वारा उत्तरदायित्व पुरा गरेर,

तथापि हाम्रो समाजमा वित्तीय संस्थाले आफ्नो आम्दानी/कारोबारको २ प्रतिशत आफ्नो समाजका लागि खर्च गर्नुपर्ने व्यवस्था रहँदा रहँदै यथेष्ट रूपमा खर्च गरेका छैनन्, जसका कारण यसरी पहिल्याउन सकिन्छ

  • छिट्टै धनी बन्ने लालच,
  • नैतिकता र मानवीयतामा कमजोरी,
  • अपनत्व र स्वामित्व ग्रहण गर्न नसक्नु,
  • राज्यले Promote गर्न नसक्नु,
  • समाजमा स्थापना भनिएता पनि समाजप्रति उपेक्षा गरी आफ्नो लागि मात्र गर्नु,
  • राज्य संयन्त्र र नीति कार्यक्रमलाई क्रियाशील गर्न नसक्नु,

उपसंहार
आजको समयमा उत्तरदायित्व बिनाको सामाजिक जीवनको परिकल्पना गर्न कठिन हुने सन्दर्भमा निजी क्षेत्रमा वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व तर्फ उत्प्रेरित गर्नु आवश्यक छ भने सरकारी क्षेत्रका वित्तीय संस्थाहरूलाई व्यावसायिक, प्रतिस्पर्धा र सक्षम बनाउँदै लैजानु जरुरी देखिन्छ । मुलुकको ससामाजिक उद्देश्यले परिलक्षित गरेका आदर्श सामाजिक मूल्य स्थापना र विकास गर्दै सुसंस्कृत र समुन्नत समाजको निर्माणका लागि सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण भूमिका रहन्छ । जसको लागि जुन ठाउँमा स्थापना भएका वित्तीय संस्थाहरूलाई समाजप्रति नै जबाफदेही र प्रतिस्पर्धी बनाउँदै लैजानु सबैको कर्तव्य र जिम्मेवारी पनि हो ।

प्रस्तुतिः
भुवन ज्ञवाली

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस