१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ : दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रमा निहित उद्देश्यका लागि रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् छ ।

निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना/साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो/छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।”

अध्यक्ष दाहालको भनाइ थियो “पाँच/सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।”

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने, “हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।” व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले थपे, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।”

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन भने । फरक प्रसङ्गमा अध्यक्ष दाहालले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस