२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्धिक परिश्रम र निजामती सेवाप्रतिको अन्दाज

अ+ अ-

कुनै पनि परिश्रमलाई तपाईँ सामान्य हल्का तवरले मूल्याङ्गन गर्न सक्नु हुन्न, परिश्रम चाहे त्यो शारीरिक, मानसिक, शारीरिक र मानसिक दुवै वा जुन सुकै होस् किन नहोस् । तथापि परिश्रमलाई विभिन्न मानकका आधारमा व्यक्तिको परिश्रमका आधारमा सेवा, सुविधा, वृत्ति विकास तथा पैसासँग मापन गरी भुक्तान गरिने गरिन्छ । जुन सर्वमान्य परिपाटी भित्रै पर्ने गर्दछ । त्यसै परिपाटीमा रहेर गरिने सेवाको परिश्रम निजामती सेवा पनि हो। निजामती सेवा समग्र त्यस्तो सेवा हो, जसलाई राज्यका तर्फबाट नागरिकहरूलाई प्रदान गरिने सेवा सुविधाहरूको सुनिश्चितता कायम गरी जनहित र कल्याणका लागि राष्ट्रिय स्वार्थ पुरा गर्न वृहत् लक्ष्य बोकेको कार्यकारी संयन्त्र र सम्पूर्ण सेवाको मियो सेवाको रूपमा बुझिन्छ । निजामती सेवा समग्र सरकारी सेवाहरूको केन्द्र समेत रहेकोले यसले अन्य सेवालाई मार्गदर्शन प्रदान गर्छ । सार्वजनिक सेवाको केन्द्र हो । जनतालाई सदैव सेवा सुविधा प्रभावकारी ढङ्गबाट प्रदान गर्ने कार्यमा निरन्तर खटिरहेन संयन्त्र हो । राज्यले नागरिक प्रतिको दायित्व पुरा गर्ने क्रममा जनताको नजिकमा रहेर अनवरत रूपमा कार्यमा जुटिरहने स्थायी संयन्त्र निजामती सेवा भएकोले राज्यको सफलता असफलता यसैमा निहित रहने कुरामा दुई मत छैन । निजामती सेवा सेवाग्राही जनताको नजिकमा सरकारको दह्रो उपस्थिति जनाउने भएकोले निजामती सेवा र सेवाग्राही जनताबिच अन्योन्याश्रित सम्बन्ध रहेको कुरा पुष्टि हुन्छ ।

निजामती सेवा एक बौद्धिक काम र पेसालाई आफ्नो क्षमता र कानुनी प्रक्रियामा रहेर परिश्रम बेच्ने पेसा हो जहाँ उनीहरू आफ्नो ल्याकतले योग्यताको परीक्षण गरेर मात्र सेवा प्रवेश गरेका हुन्छन् कोही कसैको भनसुन र टिका थापेर सेवा प्रवेश गरेका हुँदैनन् । जनताका हित र कल्याणका निमित्त आफूलाई प्रदान गरिएको अधिकार भन्दा बाहिर नगई अधिकारको प्रभावकारी प्रयोग गर्न आफ्नो विवेक, क्षमता, दक्षता र योग्यताको अधिकतम प्रयोग गर्ने अधिकारीहरूले परिश्रमको मूल्याङ्कन भएको महसुस हुनु जरुरी रहन्छ । बौद्धिक परिश्रम बचेर आफ्नो योग्यतालाई प्रयोग गरी स्थायी सरकारको प्रभावकारी मूल्याङ्कन, सरकारको मियो, जसले राज्यका सम्पूर्ण कार्यलाई जनताको घरसम्म सेवा प्रवाह गर्न दैनिक लागि परिरहेको हुन्छ । त्यस्तो सेवालाई तपाईँ फरक चस्माले हेर्न पुग्नु भो र राष्ट्रसेवक कर्मचारीहरू उसैलाई निरीह र तुच्छ व्यवहार गर्नु भयो भने त्यसले दिने सेवा प्रवाहको अपेक्षा कस्तो राख्नुहुन्छ रु राष्ट्रले अवलम्बन गरेका हरेक क्रियाकलापलाई सदैव कार्यान्वयनको तहमा लैजान महत्त्वपूर्ण योगदान गरेको सरकारी सेवालाई निकै हेय र खाली आलोचनाको रूपमा मात्र हेर्नु भो भने केवल दायित्व सम्झेर मात्र बस्न सक्ने अवस्था रहँदैन र सक्दैन पनि । यसको प्रभावकारिताका लागि अवलम्बन गरिने क्रियाकलाप कस्तो रूपमा अगाडी बढाउने र सेवा प्रवाहले जनताको मन जित्न कसरी सकिन्छ, यसमा निकै बहसको विषय बन्न सक्छ ।

तपाईँ कुनै एक दिनको कल्पना गर्नुहोस् वा केही क्षणको कल्पना गर्नुहोस् राष्ट्रसेवक पुरै कर्मचारीहरू आफ्नो पेसा छाडेर सडकमा आए भने कस्तो परिस्थिति आइपर्ला भनेर रु देश सङ्घीय प्रणालीमा बामे सर्ने तरखर मै छ यसका निकाय र संयन्त्रहरू निरन्तर निर्माणका क्रममा छन्, त्यसै अनुसार कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा रहेको छ । जनताको घर दैलोमा सेवा प्रवाहका लागि व्यवहारिक रूपमा उपस्थिति रहेको सेवा निजामती सेवा नै हो । जनताको सेवा गर्ने अव पनि निजामती सेवा नै हो यसको अन्य विकल्प छैन पनि । विगत करिब दुई दशक सम्म स्थानीय निकायमा स्थानीय प्रतिनिधि रिक्त रहँदा पनि कर्मचारीले सम्पूर्ण कार्यको नेतृत्व सम्हालेर सेवा प्रवाह गरेको कुरालाई नजर अन्दाज गर्न कत्तिको मिल्छ कत्तिको वैज्ञानिक हुन्छ । देश नयाँ स्वरूपमा जाँदा पनि यसलाई सहस्र स्वीकार गरी कार्यान्वयनको तहमा जाने यिनै कर्मचारी हुन् तर विभिन्न मुद्दा विशेषमा नलागी, सामान्य मूल्य र परिस्थितिलाई ख्याल नगरी केवल कर्मचारीको मात्र दोष देखिनु, त्रासमा राख्नुको के अर्थ, विषयको चुरो कुरा पत्ता लगाउनु जरुरी रहन्छ ।

राष्ट्रसेवक कर्मचारीको वृत्तमा केही सीमित व्यक्तिले गरेको आफ्नो लाभलाई केन्द्रमा राखेर गर्ने कार्यले सम्पूर्ण वृत्तलाई एउटै टोकरीमा राख्नु कस्तो व्यवहारिक रहला रु हुन त केही नेतृत्व तहमा रहेका कर्मचारीले नीतिगतरुपमै सीमित व्यक्तिको लाभ र हितका लागि मात्र काम गर्दा र सेवा कार्यालयहरूका केही कर्मचारीले आफ्नो व्यक्तिगत लाभका निमित्त निमुखा जनतासँग लिने रिसवत र ढिलासुस्तीका कार्यले गर्दा समग्र सेवा नै भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीको रूपमा बुझिएको हुन्छ । तपाईँ हामी कुनै पनि मुद्दालाई सदैव नकारात्मक रूपमा हेर्नु भयो भने त्यसले दिने रिजल्ट पनि नकारात्मककै रूपमा आएको महसुस गर्नुहुन्छ । सत्य त्यो हो जसले जनता केन्द्रित सेवा प्रवाह गरिएको हुन्छ र जनताका सुख दुःखमा सहयात्रीको भूमिका निर्वाह गरिएको हुन्छ । भ्रम सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी सेवालाई बदनाम बनाउने, राज्यको श्रोत साधनको चरम रूपमा दुरुपयोग गर्ने उसैलाई सरकारले सम्मान र पुरस्कारको घोषणाका साथै सम्पूर्ण साधन श्रोतको चाबी जिम्मा दिने प्रवृत्ति, उसैको सम्पूर्ण वृत्ति विकासमा सहयोगी भूमिका निर्वाह गरिदिने व्यवहार । जो दुर्गम बस्छ जनताको सेवामा अहोरात्र खटिन्छ त्यसलाई कुनै अवसर सेवा सुविधाबाट वञ्चित गर्ने र नेतृत्व र नीतिगत तहमा बस्नेले अदुर दृष्टिको चस्मालाई हटाई दूर दृष्टिको चस्मा लगाउनु जरुरी रहन्छ ।

वृत्ति विकास कुनै एक व्यक्तिको पेवा वा श्रीसम्पत्तिको विषय होइन, चाहे त्यो ताप्लेजुङ्गको याङवरक गाउँपालिमा काम गर्ने कर्मचारी होस् या हुम्लाको नाम्खा गाउँपालिकामा काम गर्ने या सप्तरीको डाक्नेश्वरी नगरपालिका चाहे कुनै मन्त्रालय, विभागमा काम गर्ने कर्मचारी नै किन नहोस् सबै कर्मचारीको वृत्ति विकास समान तवरले हुनु जरुरी रहन्छ । जो व्यक्ति चाकडी चाप्लुसीमा रहन्छ नेता र हाकिमको कोठा चोटमा नमस्कार गर्दै दैलोमा जान्छ उसैलाई सुगम र सुविधा सम्पन्न भनिने अड्डामा र देश(विदेश अध्ययन अवलोकन भ्रमणका लागि पठाउने, वृत्ति विकासको अवसर पूर्ण रूपमा उसैको पेवाको रूपमा दिने प्रवृत्ति जबसम्म माथिल्लो निकायमा रही रहन्छ जतिसुकै नियमितता, सुशासन र प्रभावकारिताको रटान लगाए पनि तात्युयिक फरक पर्ने वाला छैन ।

समस्याहरू धेरै छन्, सबै समस्याको समाधान एकै पटक गर्न सकिँदैन र सम्भव पनि छैन त्यसैले बस्तुगत तथ्य र यथार्थपरक तवरले सामूहिक ढङ्गबाट कार्य सम्पादन गर्न सके सही र छिटो प्रतिफल प्राप्त गर्न सकिन्छ । अबको देशको समृद्धि र विकासका लागि सुशासनयुक्त, भ्रष्ट्राचारमुक्त सार्वजनिक सेवा र समाज हो जसका लागि अबको नीति सबै पक्षमा सकारात्मक भावनाको उजागर गर्दै सरकारीरसार्वजनिक सेवालाई प्रभावकारी कार्यको रूपमा चलायमान रूपमा अगाडि बढाउनका लागि राईट टायम, राईट म्यान एण्ड राईट प्लेस को नीतिमा सरकार अगाडी बढ्नु जरुरी रहन्छ । सेवा सुविधा एक अमुक व्यक्तिले लिई रहने र काम र जिम्मेवारी दोष अर्को व्यक्ति, निकाय तर्फ देखाउने प्रवृत्तिले कुनै पनि सार्वजनिक निकायको कार्य सम्पादन प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन ।जो व्यक्ति लायक छ जसले कार्यसम्पादन राम्रो गरेको छ उसको वृत्ति विकास मापदण्ड सुनिश्चित गर्दै दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्दछ । जसले गर्दा निजामती सेवा ऐन, द्दण्द्धढ ले लिएको लक्ष्य, निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवा मूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएको पुष्टि हुन जान्छ ।

समाजमा रहेका सक्षम, योग्यतम व्यक्तिहरूलाई क्यास गर्न राज्यले सरकारी सेवामा अर्थपूर्ण वृत्ति विकासको वातावरण बनाउनु जरुरी आवश्यक रहन्छ । जुन सुकै कर्मचारीलाई आफ्नो ल्याकत अनुसार जुन कुनै निकायमा सेवा प्रवेशको सुनिश्चितता गर्न सक्नु पर्दछ । तपाईँ हामीले प्रदान गर्ने सेवाको मूल्य हरेक नागरिकले हरेक पल नियाली रहेका हुन्छन् । त्यसैले मानव श्रोत क्षमता र परिश्रम, नीति निर्माण प्रणालीको कार्य दक्षता र प्रभावग्रहितामा सुधार, सरकारी संयन्त्रको प्रक्रियागत सुधार, बजार मूल्यमा भएको वृद्धि अनुसार तलब सुविधामा समायोजन, राष्ट्रसेवक सबै कर्मचारीहरूलाई समान व्यवहार र हेर्ने दृष्टिकोणमा सुधार, नेतृत्वमा परिपक्कता र व्यवहारिकता, लाभ हानिको विश्लेषण गर्ने सक्ने क्षमता जस्ता व्यापक दृष्टिले सम्पूर्ण सार्वजनिक निकायमा आमूल सुधार गर्दै उच्च मनोबलका साथ काम गर्ने परिपाटीको विकास गर्नु जरुरी रहन्छ, जसका लागि सबै तह र तप्कामा नैतिकता र आचरणमा सुधार गर्नु जरुरी छ । चाहे सरकार, राजनीतिक नेतृत्व र चाहे माथिल्लो तहको कर्मचारी होस् । तसर्थ सार्वजनिक क्रियाकलापमा प्रक्रिया भन्दा लक्ष्य वा नतिजा उन्मुख व्यवहारको प्रदर्शन नेतृत्व जगतमा हुनु जरुरी रहन्छ । इमान्दारिता बाहेक तोकिएको लक्ष्य बाहेक दायाँ-बायाँ ध्यान दिने मानसिकता र व्यक्तिगत स्वार्थका कारण इमान्दारितामा ह्रास आउने छ भन्ने कुराको बोध सार्वजनिक व्यक्तिमा उजागर गर्नु जरुरी रहन्छ । जसका लागि सार्वजनिक व्यक्ति स्वार्थरहित, जवाफदेही, खुलापन, इमानदार, वैयाक्तिक विकेक, अरूको सम्मान, कानुनको परिपालन र होसियारी जस्ता सार्वजनिक गुणहरूलाई समावेश गरी सामाजिक जीवन बिताउनु हरेक राष्ट्रसेवक कर्मचारीको मूल मन्त्र हुनु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस