१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव तस्करीलाई नेपालले गम्भिर रुपमा लिएको छ’ : गृहमन्त्री बादल

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशिय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताएका छन् ।

ईण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ संवोधन गर्दै गृहमन्त्री थापाले ठुलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भिर रुपमा लिएको बताए ।

उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र वेचविखन बाधकको रुपमा देखा परीरहेको टिप्पणी गरे । थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे ।

आज सम्पन्न हुने सातौं  मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२ मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरीएको हो ।

नेपाल सहित चिन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आईतबार त्यसतर्फ प्रस्थान गरोक थिए । उनी साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस