२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैवाहिक जीवन र मांगलिक दोष

अ+ अ-

मंगल उष्ण प्रकृतिको ग्रह हो, यसलाई पाप ग्रह पनि भनिन्छ । विवाह र वैवाहिक जीवनमा मंगलको अशुभ दोष सबैभन्दा ज्यादा देखिन्छ । मंगल दोष जसलाई मांगलिक नामले पनि जानिन्छ । यसै कारणले कयौं नारी–पुरुष आजीवन अविवाहित रहन्छन् भने धेरैको विवाहपछि सम्बन्धमा तनाव, दुर्घटना वा सम्बन्धविच्छेदसम्म हुने गरेको छ । त्यसैले यस दोषलाई गहिराईमा बुझ्न आवश्यक छ ताकि यसको डर अन्त्य गर्न सकियोस् ।

वैदिक ज्योतिष अनुसार कुन्डलीमा मंगल ग्रह जब लग्न, चतुर्थ, सप्तम, अष्टम तथा द्वादश भावमा स्थित हुन्छ भने यसलाई दोषपूर्ण मानिन्छ । कसैले द्वितीय भावमा कुटुम्ब भावमा भएको मंगलको उपस्थितिलाई पनि दोष मान्छन् । भनिन्छ– यी भावमा उपस्थित मंगल वैवाहिक जीवनको लागि अनिष्टकारक हुन्छ । जन्म कुण्डलीमा यी पाँच भावमा मंगलको साथमा जति धेरै त्रूmर वा पाप ग्रहहरू हुन्छ, मंगल त्यति नै दोषपूर्ण हुन्छ, जस्तै ः दुई पाप ग्रह भएमा दुई गुणा र चार पाप ग्रहहरू भएमा चार गुणा मंगलको पापत्वमा वृद्धि हुन्छ । मंगलको पाप प्रभाव अलग–अलग तरिकाले यी पाँच भावमा दृष्टिगत हुन्छ ।

लग्न भावमा मंगल
लग्न भावबाट व्यक्तिको शरीर, स्वास्थ्य, व्यक्तित्वको विचार गरिन्छ । लग्न भावमा मंगल हुँदा व्यक्ति उग्र एवं क्रोधी हुन्छ, यो मंगलले हट्ठी एवं आक्रमक पनि बनाउँछ । यस भावमा उपस्थित मंगलको दृष्टि चतुर्थ सुख स्थानमा पर्ने हुदाँ गृहसुखमा कमी, सप्तम स्थान जीवन साथीको स्थानमा हुँदा पति–पत्नीमा विरोधाभास एवं दूरी बनिरहन्छ, यहाँबाट अष्टम भावमा पूर्ण दृष्टि पर्ने हुनाले जीवनसाथीको लागि संकट कारक हुन्छ ।

द्वितीय भावमा मंगल
भाव दीपिका नामक ग्रन्थमा द्वितीय भावस्थ मंगललाई पनि मांगलिक दोषबाट पीडित भनिएको छ । यो भाव कुटुम्ब र धनको स्थान हो । यस भावमा अवस्थित मंगल परिवार र कुटुम्बहरूसँग विवाद तथा विरोध पैदा गराउँदा पति–पत्नीमा दूरी बढाउँछ । यहाँबाट मंगलको दृष्ट्रि पञ्चम, अष्टम र नवम भावमा पर्ने हुनाले सन्तान पक्षमा विपरित प्रभाव हुनुका साथै भाग्योन्नतिमा हानी हुन्छ ।

चतुर्थ भावमा मंगल
चतुर्थ स्थानमा अवस्थित मंगलले यहाँबाट सप्तम, दशम एवं एकादश भावलाई देख्ने हुनाले यस मंगलले स्थायी सम्पति त दिन्छ । तर, गृहस्थ जीवन कष्टमय बनाई दिन्छ । मंगलको दृष्टि जीवन साथीको गृहमा पर्नाले वैचारिक मतभेद भइरहन्छ, मतभेद एवं आपसी पे्रमको अभाव हुनाले जीवन साथीको सुखमा कमी ल्याउँछ । मांगलिक दोषको कारणले पति–पत्नीमा दुरी बढाउँछ र दोष निवारण नहँुदा सम्बन्ध विच्छेद पनि गराउन सक्छ । तर, यहाँको मंगलले जीवनसाथीलाई संकटमा पार्दैन ।

सप्तम भावमा मंगल
सप्तम भाव जीवन साथीको घर भएकोले यस भावमा बसेको मंगल वैवाहिक जीवनको लागि सर्वाधिक दोषपूर्ण मानिन्छ । यस भावस्तको मांगलिक दोष हुनाले जीवनसाथीको स्वास्थ्यमा उतार चढाव भइरहन्छ । जीवनसाथी उग्र, झगडालु तथा क्रोधी स्वभावको हुन्छ । यहाँबाट मंगलले लग्न स्थान, धन स्थान एवं कर्म स्थानमा पूर्ण दृष्टिले देख्छ । यो मंगलले आर्थिक संकट, व्यावसाय एवं रोजगारमा हानी एवं दुर्घटनाको सम्भावना बनाउँछ । यहाँको मंगलले चारित्रिक दोष उत्पन्न गराउँछ एवं विवाहत्तेर सम्बन्ध पनि बनाउँछ । सन्तान पक्षको सन्दर्भमा पनि कष्टकारी हुन्छ । यहाँको मंगलको अशुभ प्रभावको कारण पति–पत्नीबीच सम्बन्धमा पनि दूरी बढाउँछ । जसको कारण आपसी सम्बन्ध बिग्रिन्छ । कुण्डलीमा यदि यो भावमा मंगल भएर मांगलिक दोषबाट पीडितहरूले यसको उपचार तथा शान्ति विधि गर्नुपर्छ ।

अष्टम भावमा मंगल
अष्टम स्थान दुःख, कष्ट, संकट एवं आयुको स्थान हो । यस भावमा मंगल वैवाहिक जीवनको सुखलाई खाई दिन्छ । अष्टमस्थ मंगल मानसिक पीडा एवं कष्टकारक हुन्छ । जीवनसाथीको सुखमा बाधक हुन्छ । धन भावमा यसको दृष्टि हुनाले धनको हानी तथा आर्थिक संकट हुन्छ, रोगको कारण दाम्पत्य सुखमा अभाव हुन्छ । ज्योतिष विधानको अनुसार यस भावमा बसेको अमंगलकारी मंगल शुभ ग्रहहरूको पनि शुभत्व दिनबाट रोकावट हुन्छ । यस भावको मंगल यदि वृष, कन्या, अथवा मकर राशीको भएमा यसको अशुभतामा केही कमी हुन्छ । मकर राशीको मंगल भएमा सन्तान सम्बन्धि कष्ट दिन्छ ।
द्वादश भावमा मंगल
कुण्डलीको द्वादश भाव शैया, सुख, भोग, यात्रा, व्यय तथा मोक्षको स्थान हो । यस भावमा मंगलको उपस्थितिबाट मांगलिक दोष लाग्छ । यस भावको मांगलिक दोषको कारणले पति–पत्निको सम्बन्धमा प्रेम वा सामन्जस्यको अभाव हुन्छ । धनको कमीले पारिवारिक जीवनमा परेशानी आउँछ । यस्तो व्यक्तिमा कामको भावना प्रबल हुन्छ । यदि शुभ ग्रहहरूको प्रभाव छैन भने यस्तो व्यक्तिमा चारित्रिक दोष पनि लाग्न सक्छ । भावावेशमा आएर जीवनसाथीलाई नोक्सान पनि पु¥याउन सक्छ । यस्तोमा गुप्त रोग वा रगत सम्बन्धी दोषको पनि सम्भावना रहन्छ ।

जब दुई कुण्डली मिलानमा ग्रहहरूको उपर्युक्त साथमा भएमा प्रेम पनि हुन्छ र प्रेम विवाह पनि । ज्योतिष शास्त्रको अनुसार चन्द्रमा र शुक्र एक साथमा हुनु कुनै पनि व्यक्तिलाई प्रेम हुने र यदि यी दुई ग्रहको सप्तम स्थान वा सप्तमेससँग सम्बन्ध वा दृष्टि सम्बन्ध भएमा यो प्रेम विवाहमा परिणत हुन्छ । यो होइन की प्रारब्धलाई मान्दा कर्म फलको महत्वमा कमी हुन्छ । तर, यति पक्का हो कि ग्रहहरूको संयोगले नै तपाईँको जीवनमा विग्रह र मिलनको योगको रचना गरेको हुन्छ । कुनै पनि व्यक्तिको प्रेम हुनुको पछाडि ज्योतिषीय कारणहरू पनि छन् । कुण्डलीमा शुक्र र चन्द्रमाको प्रबलता भएमा कुनै पनि व्यक्तिको प्रेम सम्बन्ध स्थापना हुन स्वाभाविक हुन्छ । कुण्डलीमा पाँचौं घर प्रेमको घर पनि हो, जब पञ्चम र सप्तम घरको सम्बन्ध हुन्छ तब प्रेम विवाहमा कायापलट हुन्छ । शुक्र वा चन्द्रमाको अलावा वृष, तुला र कर्कट राशीका व्यक्तिले पनि प्रेम विवाह गर्छन् । शुक्र र चन्द्रमाले प्रेम विवाह गराउँछ भने सूर्यको उपस्थितिले सम्बन्ध विच्छेदको कारक तत्व बन्छ । सूर्य र शुक्र वा शनि आपसी सम्बन्ध जोड्नमा अलगै मुख्य भुमिका निभाउँछ । सप्तम भावको सम्बन्ध यदि सूर्यसँग भएमा पनि युवा अवस्था पे्रमी–प्रेमिकाको सम्बन्ध लामो समयसम्म टिक्दैन । यिनीहरूको युक्ति सम्बन्ध विच्छेदसम्म गराउँछ । यदि राम्रोसँग आँखा खोलेर कुण्डली हेरियो भने शुक्र तथा चन्द्रमाको भएमा तपाईँहरूको आपसी प्रेम दीर्घ हुन्छ ।

प्रायः सबै माता–पिता यो चाहना गर्नुहुन्छ कि आफ्ना छोरा–छोरीको विवाह भएपछि उनीहरूको जीवन सुखमय एवं सौहार्दपूर्ण होस् । दुई जनामा वैचारिक मतभेद नहोस् र उनीहरूले प्रगति गरुन् । तर, विवाहपछि पति–पत्नीको बीचमा क्लेश र विवाद सुरु भयो र यो कुरा सम्बन्धविच्छेद सम्म पुग्यो भने यो विचारणीय विषय हो । विवाहपछि यदि दाम्पत्य सुख नमिले वा पति–पत्नी बीचको मतभेद जीवनपर्यन्त चलि¥यो, आपसी सामञ्जयको अभाव भयो भने यसको ज्योतिषीय कारण कुण्डलीमा कुनै बाधक योग हुनसक्छ । किनभने बाधक योग भएर नै पति–पत्नी को बीचमा वैचारिक मतभेद हुन्छ र नै उनीहरू आपसी एक–अर्काप्रतिको भावनात्मक निकटता कम हुन सक्छ । यदि यस्तो स्थिति छ भने पनि भयभित हुनुपर्दैन, यस बाधक योगको पनि उपचार गरेर प्रतिकूल प्रभावहरूलाई कम गर्न सकिन्छ । दाम्पत्य सुखमा बाधक योग के हो र यसबाट छुटकारा पाउन ज्योतिष शास्त्रमा के बताएको छ त्यसलाई बुझ्नुपर्छ । विवाह संस्कृति र समाजमा एउटा महत्वपूर्ण संस्कार हो । भनिन्छ कि जोडी संयोगले बाँधिन्छ, जुन परमात्माद्वारा पहिले नै तय भएको हुन्छ । यो पनि सत्य हो कि राम्री पति वा पत्नी र राम्रो सन्तान भाग्यले नै पाइन्छ । पूर्वजन्मको कर्मको फल अनुसार नै जीवनसाथी पाइन्छ । यदि सु–कर्म अधिक भएमा वैवाहिक जीवन सुखमय, र कु–कर्म अधिक भएमा वैवाहिक जीवन दुःखमय हुन्छ । जन्मकुण्डलीमा विवहको विचार सप्तमभावकाट गरिन्छ, यो भावबाट पति एवं पत्नी, काम(भोग विलास) विवाह पहिले र पश्चातको यौन सम्बन्ध, साझेदारी आदिको विचार मुख्यरुपमा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस