२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती सेवा विधेयक कम्प्युटर अपरेटरको वृत्ति विकासमा बाधक

अ+ अ-

सरकार कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदलाई क्रमशः न्यूनीकरण गर्दै जाने (फेज आउट) योजनामा रहेको बुझिन्छ । सरकारले तयार गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’को दफा (८) को उपदफा (६) मा नेपाल विविध सेवाअन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणीको कम्प्युटर अपरेटर र द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति नगरिने उल्लेख छ । विधेयकमा त्यस्ता पदहरू रिक्त भएमा स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

निजामती सेवा ऐन २०४९ र नियमावली २०५० मा नेपाल विविध सेवाको कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरूको अप्राविधिक सेवातर्फको प्रशासन सेवामा बढुवा हुँदै आएको थियो ।

विधेयकको दफा ३३ को उपदफा १ मा भनिएको छ, ‘ बढुवा समितिले ज्येष्ठताद्वारा हुने बढुवकाको लागि सिफारिस गर्दा बढुवा हुने पदभन्दा एक श्रेणी वा तहमुनिको सम्बन्धित सेवा, समूह वा उपसमूहको पदमा सबैभन्दा बढी अवधि सेवा गरेका मध्येबाट दफा ३४ बमोजिम नकारात्मक सूचीमा नपरेको र बढुवा हुने पदभन्दा एक श्रेणी वा तहमुनिको पदको लागि तोकिए बमोजिमको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको उम्मेदवारलाई बढुवा सिफारिस गर्नेछ ।’

यो प्रावधान अनुसार सेवा, समूह र उपसमूह राख्दा कम्प्युटर अपरेटरको वृत्ति विकासमा असर पर्ने देखिन्छ ।

नयाँ विधेयकमा सम्बन्धित सेवा, समूह वा उपसमूह थप हुन गएकाले कम्प्युटर अपरेटरहरूको वृत्ति विकासमा असर पर्ने देखिन्छ । त्यसकारण यो दफाबाट सेवा, समूह वा उपसमूह भन्ने शब्दहरू हटाउनुपर्ने वा विधेयकको दफा ८ को उपदफा (६) मा अर्को उपदफा थप गरी नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणीका कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीका सहायक कम्प्युटर अपरेटर पदलाई नेपाल प्रशासन सेवा र सामान्य प्रशासन समूहमा परिवर्तन गर्न आवश्यक छ ।

यसका लागि कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूले विभिन्न मन्त्रालय, विभाग र जिल्ला जिल्लाहरूबाट ज्ञापनपत्र बुझाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस