२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङको शैक्षिक विकासमा आदर्श माविको भूमिका

अ+ अ-

जिल्ला परिचय
उत्तरमा हिमालय पर्वत, दक्षिणमा महाभारत पर्वत शृंखला । धादिङको परिचय यतिमै सीमित छैन, यो बेसी तथा पहाडको संगम र राजधानी काठमाडौंसँग सीमा जोडिएको क्षेत्र पनि हो ।

संघीय संरचना अनुसार धादिङ प्रदेश नम्बर ३ मा पर्छ । कृषि र वैदेशिक आम्दानी यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत हो । ब्राह्मण, क्षेत्री, जनजाति, चेपाङलगायतको घना बस्ती रहेको यो जिल्ला पर्यटकीय तथा धार्मिक रूपले पनि परिचित छ ।

नुवाकोट, चितवन, रसुवाको मध्य भागमा रहेको छ, धादिङ । त्रिशुली नदी यहाँको आकर्षण हो । त्रिशुलीमा -याफ्टिङ मुलुकभरमै प्रसिद्ध छ । त्यति मात्रै होइन, यहाँको वातावरणीय अवलोकन गर्न पनि पर्यटक आउने गरेका छन् । यसैबाट धादिङले आर्थिक पर्यटनमा सम्मुनतिको बाटो अँगालिरहेको छ ।

यहाँ बाक्ला र गुचुमुच्च परेका पुराना बस्तीहरू छन् । यसले यहाँको मौलिकता दर्शाउँछ ।

गणेश हिमाल यहाँको अर्काे आकर्षण हो । हिमाल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

यहाँको जनसंख्या तीन लाख ३६ हजार ६७ रहेको छ ।

हालको संरचना अनुसार धादिङमा तीन निर्वाचन क्षेत्र, १३ इलाका, २ नगरपालिका र ११ गाउँपालिका छन् ।

शिक्षाको विकासमा आदर्श मावि
धादिङमा पहिलो पटक माध्यमिक तहको पढाइ भएको विद्यालय हो, आदर्श मावि गजुरी । त्यसकारण शैक्षिक विकासमा यसकोे योगदान महत्वपूर्ण छ । यहाँ अध्ययन गरेका थुप्रै व्यक्ति सरकारी तथा गैरसरकारी निकायको उच्च पदमा पुगेका छन् ।

विद्यालयको स्थापनामा संस्थापक ठाकुरप्रसाद शर्माको योगदान भुल्न सकिँदैन । उहाँकै पहल र योगदानले आज विद्यालयको यो ‘हैसियत’ बनेको हो ।

साथै हाम्रो ब्याचमा प्रधानाध्यापक रहनुभएका सुदर्शन पाण्डे सरको योगदान पनि भुल्नै नसकिने खालको छ । उहाँसँगै हाल प्रधानाध्यापक रहुन भएका राघवलाल कर्णलगायत सबै शिक्षकको योगदान महत्वपूर्ण छ । त्यतिबेला उहाँले विज्ञान पढाउनुहुन्थ्यो ।

गत चैतमा विद्यालयले स्वर्ण जयन्ती मनायो । अनुराधा कोइरालाले स्वर्ण जयन्तिको उद्घाटन गर्नुभएको थियो । स्वर्ण जयन्तीसम्म आइपुग्दा यो विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वा भनौ यसै विद्यालयले जिल्लामा शैक्षिक क्रान्ति भएको छ ।

विद्यालयको स्थापनाले अध्ययनकै लागि टाढा जानुपर्ने अवस्था अन्त्य गरेको थियो ।

आदर्श माविको स्थापनाले शिक्षामुखी समाजको निर्माण सम्भव भएको भन्दा फरक पर्दैन । विद्यालयको प्रगति र विकास होस् । शुभकामना ।

(लेखक आदर्श मावि गजुरी, धादिङकी २०५४ ब्याचका विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस