२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोमय नेपाल

अ+ अ-

ल्याएर नौलो युगको विधान
आह्वान अम्लान स्वदेश–गान
सङ्घर्ष–पुर्खा–पसिना कमानी
जवानको हो जपना जमानी !
।।१।।
सुबोध फुल्दो समता छ खासा
भरी दिलासा झलमल्ल आशा
सद्भावना चिन्तनको छ फेरो
वैविध्यले भूषित देश मेरो !
।।२।।
युगीन शिक्षा जनचाह पढ्ने
मेट्रो सिटीमा सब रेल चढ्ने
जहाज चल्ने जलमार्ग नाना
निर्यात उत्पादित वस्तु दाना ।
।।३।।
बाधा बनेका हट सिन्डिकेट
खुला छ आकाश उडून् रकेट !
वेला त यो देश बनाउने हो
नयाँ–नयाँ सीप फुलाउने हो ।
।।४।।
भूकम्पले कम्पन दिन्छ देला
विपद् व्यवस्थापन शीघ्र होला
बर्सात–बाढी घरमा नपस्ला
अकालमा ज्यान कतै नजाला ।
।।५।।
बग्छन् नदी उत्तर फर्किँदैनन्
कान्ला कतै दक्षिण लच्किँदैनन्
वैरीहरू हो, बरु मर्छु मार
नेपाल जोड्ने मुटुमा छ तार ।
।।६।।
यो विश्व बौलाउँछ युद्ध बोल्छ
नेपालमा शान्ति स्वतन्त्र डुल्छ
अध्यात्म आलोकित बुद्ध हाँस्छन्
र लुम्बिनी गै परमाणु रुन्छन् !
।।७।।
लाखौँ विदेशी जन घुम्न आए
भू–स्वर्ग देखेर खुबै रमाए
आधार सङ्घीय विकास गम्म
हुस्सू हट्यो हेर दिगन्तसम्म ।
।।८।।
छाडेर खाडी अब दाजुभाइ
बुनेर राडी घरमै रमाई
बाँझो नराखेर गह्रा खनौला
माली स्वयम् मालिक नै बनौँला ।
।।९।।
लाली चढी उच्च हिमाल चम्क्यो
पहाड ओर्लेर मधेस लम्क्यो
विश्वासको श्वास र प्रेम धारो
अतुल्य नेपाल अतीव प्यारो !
।।१०।।
(यो कविता नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित
राष्ट्रिय कविता महोत्सव–२०७५मा वाचन गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस