पूर्व उच्च प्रहरी अधिकारीको अभिव्यक्तिबारे गृहको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व उच्च प्रहरी अधिकारीको अभिव्यक्तिबारे गृहको ध्यानाकर्षण


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरुको अभिव्यक्तिबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

३३ केजी सुन तसकरी प्रकरणबारे छानविन तथा अनुसन्धानका विषयमा भइरहेको बहस, छलफल तथा टिकाटिप्पणीलाई लिएर गृहले उक्त विज्ञप्ती निकालेको हो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

हेर्नुहोस् विज्ञप्ती

प्रतिक्रिया दिनुहोस