२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धमाधम घर ठड्याउँदै भूकम्पपीडित

अ+ अ-

काठमाडौं । भूकम्पमा घर ढलेपछि अस्थायी टहरोमा बस्दै आएका भूकम्पपीडित धमाधम घर ठड्याउन थालेका छन् । सरकारले घर बनाउन अनुदान दिएपछि उनीहरूले घर बनाउन सक्रियता देखाएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मंगलबारसम्म चार लाख ६७ हजार ३८ घर निर्माणाधीन अवस्थामा छन् । यस्तै, एक लाख ६१ हजार सात सय २८ घर निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ ।

सरकारले अनुदान रकम उपलब्ध गराएपछि भूकम्पपीडित उत्साहित रहेको भूकम्पप्रभावित क्षेत्रका वासिन्दा बताउँछन् । ‘सरकारले अनुदान रकम उपलब्ध गराएपछि घर बनाउन सहज भएको छ,’ नुवाकोट, विदुर नगरपालिकाका एक भूकम्पपीडितले भने, ‘केहीले घर बनाइसके । केही निर्माणाधीन अवस्थामा छन् ।’ अनुदान रकम थोरै हुँदा घर बनाउन समस्या भएको भूकम्पपीडित बताउँछन् ।

सरकारले भूकम्पपीडित परिवारलाई तीन किस्तामा तीन लाख रूपैयाँ अनुदान दिँदै आएको छ । सरकारले पहिलो, दोस्रो र तेस्रो किस्तामा क्रमशः ५० हजार, एक लाख ५० हजार र एक लाख रूपैयाँ उपलब्ध गराउँछ ।

प्राधिकरणका अनुसार मंगलबारसम्म एक लाख २८ हजार दुई सय सात परिवारलाई सबै (पहिलो, दोस्रो र तेस्रो) किस्ताको रकम उपलब्ध गराइसकिएको छ ।

प्राधिकरणका अनुसार सात लाख १८ हजार तीन सय पाँच परिवारसँग अनुदान सम्झौता गरिएको थियो । तीमध्ये सात लाख नौं हजार एक सय १५ परिवारलाई पहिलो किस्ता र तीन लाख ८५ हजार सात सय ८० परिवारलाई दोस्रो किस्ताबाफतको रकम वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै दोस्रो किस्ता भुक्तानीका लागि चार लाख ३१ हजार एक सय आठ निवेदन परेकोमा चार लाख २२ हजार दुई सय २६ प्रमाणीकरण गरिएको थियो । यस्तै, तेस्रो किस्ता भुक्तानीका लागि एक लाख ६४ हजार दुई सय ९८ आवेदन परेकोमा एक लाख ५६ हजार नौं सय ८० लाई प्रमाणीकरण गरिएको थियो ।

भूकम्पपीडितले धमाधम घर बनाउन थालेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरे बताउँछन् । पुनर्निर्माणले अपेक्षाअनुरूप गति लिन सकेको छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘पुनर्निर्माण गति नलिएको भन्न मिल्दैन । अहिलेसम्मको कार्यप्रगतिलाई सकारात्मक नै मान्नुपर्छ ।’

यद्यपि, जनशक्ति अभावका कारण समग्र पुनर्निर्माणमा सामान्य समस्या भएको उनले बताए । तर, भूकम्पपछिको पुनर्निर्माणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको र देखाइएको भन्दा अवस्था फरक रहेको उनको दाबी छ ।

‘पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणबाट दुई–तीन वर्षमै सबै काम हुन्छ भन्ने सोच्नु नै हतारो हो,’ उनले भने, ‘त्यसकारण अहिल्यै पुनर्निर्माणमा प्रगतिबारे नकारात्मक टीकाटिप्पणी गर्न मिल्दैन ।’

Photo: Ananda Poudel

Photo: Ananda Poudel

र योपनि,

गति लिँदै सम्पदा पुनर्निर्माण

प्रतिक्रिया दिनुहोस