१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

अ+ अ-

नुवाकोट । बचतकर्ताबाट सङ्कलित लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पु-याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भने, “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।”

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस