१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्क्स  र माओत्सेतुङबारेका पुस्तक विमोचित

अ+ अ-

काठमाडौं । साम्यवादका प्रणेता कार्ल मार्क्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल मार्क्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ ।

चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा अनुवाद गरी ‘करेन्ट पब्लिकेशन नेपाल’ले बजारमा ल्याएको हो । ती पुस्तकमा माक्र्सका सिद्धान्त र उनको जीवनी तथा चिनियाँ कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङले व्यवहारमा उतारेका कुरा रचिनियाँ कम्युनिष्ट आन्दोलनको सफलतापछि चीनले कसरी आर्थिक विकास ग¥यो भन्ने विषयमा वर्णन गरिएको छ ।

सन् १९१२ मा कलिलो उमेरमा कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका माओ नेतृत्वको चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भई जनगणतन्त्र घोषणा भएको थियो । सन् १९६० मा नेपालका प्रधानमन्त्री बिपी कोइराला तथा सन् १९६१मा राजा महेन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओसँग भेट गरी नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएका थिए ।

ती पुस्तकको विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माक्र्स र माओत्सेतुङका ती पुस्तकमा चिनियाँ क्रान्तिमा माओत्सेतुङको भूमिका र चीनले गरेको आर्थिक विकासका बारेमा धेरै कुरा व्यक्त भएको विचार व्यक्त गर्दै माओले माक्र्सवादलाई व्यवहारमा प्रयोग गरेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले माक्र्सको २००औँ शतवार्षिकीको अवसरमा पुस्तक बजारमा ल्याउन पाएकामा खुशी व्यक्त गर्दै मदन भण्डारीको उदय हुँदा नेपालमा कार्ल माक्र्स जीवित रहेको भनाइ आएको प्रसङ्ग उल्लेख गरे ।

चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि जनस्तरमा रहेको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए । वरिष्ठ पत्रकार मल्ल के सुन्दरले चीनको विकासबाट शिक्षा लिई नेपाल पनि आर्थिक समृद्धिका लागि लाग्नुपर्ने धारणा व्यक्त गरे ।

चिनियाँ बाल पुस्तक प्रकाशन समूहका प्रधानसम्पादक च्याङ स्याओ नान, पेचिङ विश्वविद्यालयका प्रा हान यु हाई, नेकपा (माले)का महासचिव सिपी मैनाली, चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतमलगायतले नेपाल–चीन सम्बन्ध र चीनको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने विविध पक्षका बारे प्रकाश पारे । रासस

प्रतिक्रिया दिनुहोस