१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढी – काठमाडौं रेलमार्गको अध्ययन शुरु, तीन महिनामा सकिने

अ+ अ-

काठमाडौं । चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौं रेलमार्गको अध्ययन शुरु गरेका छन् ।

यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगत रुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन शुरु गरेका हुन् । रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितको उच्च सरकारी अधिकारी टोली रेलमार्ग निर्माण सम्बन्धी अध्ययन गर्न चीन गएको थियो । सोही टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी नेपाल आएका छन् ।

सचिव अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमति अनुसार चिनियाँ अधिकारी काठमाडौं आएका हुन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसहितको टोलीले काठमाडौंमा रेल स्टेशन रहने स्थान र रसुवाका विभिन्न क्षेत्रमा अध्ययन शुरु गरेको छ ।

हालको अध्ययनबाट रेलमार्ग निर्माणको एउटा महत्वपूर्ण खाका तयार हुने विश्वास लिइएको छ । आगामी अगष्टसम्म केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ । यसअघि नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा छलफल भएको थियो ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनको उच्च टोलीले केरुङ–काठमाडौं र काठमाडौंं– पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणका क्रममा समेत रेलमार्ग निर्माण तथा विस्तारका बारेमा महत्वपूर्ण छलफल एवं विचार विमर्श भएको थियो । सोही छलफल र विचार विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारी समक्ष आग्रह गरे ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौं सम्मको रेलमार्ग करीब एक सय किलोमिटर लामो हुनेछ । करीब एक घण्टाको यात्रामा रसुवागढीबाट काठमाडौं आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । सो रेलमार्गमा ६ वटासम्म स्टेशन रहने बताइएको छ । प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा लगानीको स्वरुप र ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ ।

यस्तै काठमाडौं उपत्यकामा पनि मोनोरेल चलाउन चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । चक्रपथमा मोनोरेल चलाउन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

सरकारको नीति तथा कार्यक्रममा मेची–महाकाली रेलमार्ग, काठमाडौं– वीरगन्ज रेलमार्ग तथा रसुवागढी– काठमाडौं– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण अगाडि बढाउने विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस