५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दी कटौती भएपछि कर्मचारी असन्तुष्ट

अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ ।

मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारीबीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका कर्मचारीको विभागमा रहेको दरबन्दी कटौती भएकोमा कर्मचारी असन्तुष्ट देखिएका हुन् ।

आपूर्ति महाशाखाका खोप सुपरभाइजर ओमप्रसाद उपाध्यायले विभागको नयाँ प्रस्ताव गरिएको दरबन्दीमा खोप सुपरभाइजर अधिकृत, परिवार नियोजन सुपरभाइजर अधिकृत, क्षयकुष्ठ सुपरभाइजर अधिकृत, भेक्टर सुपरभाइजर अधिकृतलगायत दरबन्दी कटौती गरिनु गलत भएको बताए ।

उनले भने, “सरकारले विशिष्ट ज्ञान भएका कर्मचारीमा लगानी गरेको छ, उनीहरुले नेपालको परिवार नियोजनको जनचेतना जगाउन, खोपको पहुँच बढाउन, कीटजन्य रोगको नियन्त्रणका लागि ठूलो योगदान गरेका छन्, उनीहरुको दरबन्दी कटौती गर्नु अन्याय हो ।”

देश संघीयताको कार्यान्वयनमा गइरहेका बेला जनशक्ति अझ बढाउदै लानुपर्नेमा सरकारले दरबन्दी कटौती गरेको भन्दै मन्त्रालयमा प्रयोगशालाका कर्मचारी, स्वास्थ्य सहायकलगायतले पनि जनशक्ति समायोजनमा असन्तुष्टि रहेको भन्दै निवेदन दर्ता गराएका छन् ।

स्वास्थ्य मन्त्रालयमा गठित संघीयता कार्यान्वयन इकाइका संयोजक मोहम्मद दाउदले केन्द्रका दरबन्दी कटौती गरिएको स्वीकार गर्दै ती जनशक्तिलाई प्रदेश, प्रदेश केन्द्र र स्थानीय तहमा समायोजन गरिने बताए ।

कर्मचारी व्यवस्थापन नहुने हो भने विगतमा सम्पादन गर्दै आएका काम प्रभावित हुने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस