१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ

अ+ अ-

ताप्लेजुङ । गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो ।

ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल भरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो ।

“बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन”, ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भने । बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारी दुर्घटना हुने गरेका छन् ।

हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन् । ग्रामीण क्षेत्रमा सवारी साधन चलाउँदै आउनुभएका एक चालकले भने, “बर्षा शुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ ।”

कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपरेको उल्लेख गर्दैै उनले भने, “कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ। ”

यसरी बर्षेनी चालक तथा यात्रुले वर्षाभर दुःख पाउने गरेका छन् । यो वर्ष पनि बर्षा लागेसँगै जिल्लाका कच्ची सडकमा यातायातमा कठिनाइ हुन थालेको छ । कतिपय ठाउँमा स्तरोन्नतिका लागि हिउँदमा भत्काइएका सडक निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ । पाथीभरा जाने सुकेटारदेखि भालुगौँडेसम्मको नौ किलोमिटर मध्येको आधाजसो सडक समयमा मर्मत नहुँदा तीर्थयात्रीको बिजोग नै हुने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस