१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा दुई बालकको मृत्यु

अ+ अ-

तुलसीपुर । दाङको राप्ती गाउँपालिका वडा नं. २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं. २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

बालक बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए ।

ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी शनिबार राप्ती नदीमा डुबेर राप्ती गाउँपालिका वडा नं १को पुल्चोकका आठ वर्षीय बालक प्रदीप रोकाको मृत्यु भएको छ ।

आमासँग नदीमा लुगाधुन पुगेका बालक रोकाको आमा लुगाधुन व्यस्त भएको बेला नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

दिउँसो डुबेका रोकाको शव बेलुका प्रहरी र स्थानीयवासीको सक्रियतामा फेला पारेको थियो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस