१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरदार भक्ति थापाको शालिक अनावरण

अ+ अ-

लमजुङ । लमजुङमा निर्माण गरिएको सरदार भक्ति थापाको शालिक अनावरण गरिएको छ । थापाको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिक शनिबार एक कार्यक्रमबीच प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गरे ।

कार्यक्रममा मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी पक्ष रहेको बताए । वीर योद्धा थापाले पु¥याएको उच्च योगदानको कदर गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वीर योद्धाकै कारण विश्वमा नेपाली (गोर्खाली) को शिर उच्च रहेको चर्चा गरे ।

कार्यक्रममा जिल्लाका सांसद, विभिन्न व्यक्तित्वसँगै विभिन्न जिल्लामा छरिएर रहेका थापा सन्ततिको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा सरदार भक्ति थापाका सन्ततिले उनलाई विभूति घोषणा गर्न सरकारसँग माग गरेका थिए । सरदार थापा राष्ट्रको गहना भएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने उनीहरुको माग थियो ।

भक्ति थापाको जन्मस्थल ढंगैबेँसीमा थापाको शालिकसँगै सङ्ग्रहालय निर्माणमा जुट्ने तयारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले जनाएको छ ।

विसं. १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको ढंगै क्षेत्र, बस्तुभाउ चराउने, छेलो हान्ने गरेका काँडेचौर, हर्सिङडाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका हुन् ।

भक्ति थापाले १८३९ मा लमजुङ सेनाबाट गोर्खा सेनासँग युद्ध लडेको र पछि पराजित भएपछि नेपाल एकीकरणमा सहयोग गर्दै नेपाली सेनामा भर्ना भएको इतिहासमा उल्लेख छ ।

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित ३०० सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । तर अंग्रेज सेनाले वीर गोर्खालीको संज्ञा दिँदै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएकाले पनि उनको इतिहास नेपालको गौरवसँग जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस