१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काफल बेचेर कापी कलमको खर्च

अ+ अ-

डडेल्धुरा । सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन् ।

भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन् । विद्यालय समयपछि बालबालिका प्रायः सो व्यवसायमा लाग्ने गरेका छन् ।

काफल बिक्री गरेर दैनिक रु ८०० देखि एक हजारसम्म आम्दानी गर्ने गरेको अमरगढी– १ मालमका १६ वर्षीय दीपक दियालले बताए । काफल बेचेर कापी, कलम र लुगा किन्ने गरेको उनको भनाइ छ । यसवर्ष असिना पानीका कारण काफल पर्याप्त फलेको छैन ।

अमरगढी नगरपालिकाका ३६ वर्षीया राजमती विष्ट काफल बेचेर नै वर्ष दिनसम्म खान लाउन पुग्ने गरी आम्दानी गर्ने गरेको बताउँछन् । काफल पाक्ने याममा ५० हजार देखि एक लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

अमरगढी नगरपालिकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुण्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीमा काफल सकंलन गरी बेच्ने क्रम जारी छ । गाउँबाट काफल बेच्नकै लागि स्याउले बजार र सदरमुकाम आउने महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

प्रदेश नं ७ को नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि रातिसम्म भीड लाग्छ । सदरमुकामभएर ओहरदोहर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गर्दछन् । व्यापारीले थोकमा काफल किनेर तराईका विभिन्न जिल्लामा समेत बिक्री गर्दैआएका छन् । रासस

प्रतिक्रिया दिनुहोस