काठमाडौं । डाँका मुद्दाका फरार एक जना अभियुक्तलाई महानगरिय प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको छ ।
डाँका मुद्दाका अभियुक्त सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ११ स्थायी घर भै हाल बनेश्रर काठमाडौं बस्दै आएका प्रविन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र २३ ११ सुन्धारामा रहेको होटल मेजेष्टीको कोठा नं. ५०३ मा सुन व्यापारी पर्सा विरगंज महानगरपालिका वडा नं. १३ वस्ने मुन्ना कुमार सोनारलाई ७ जनाको समुहले धारिलो हतियार खुकुरी देखाई डर त्रास धम्की दिई उनको साथमा रहेको ८८३.१०० ग्रामको लकेट सहितको सुनको सिक्री, ११ लाख नगद, दुई मोवाईल लुटेको थियो ।
उक्त घटनामा गिरीको पनि संलग्नता रहेको थियो । घटनाका थप पाँच अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।