१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी

अ+ अ-

म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ ।

भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु-याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ ।

लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । लुलाङ र आसपासका गाउँमा घर छाउनका लागि स्लेट आवश्यकता परेको बेलामा मात्र खानी सञ्चालन हुने गरेको छ । व्यवस्थित नगरिँदा खानीबाट समुदाय र स्थानीय तहले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् ।

स्लेट उत्खनन गर्ने प्रविधिको अभाव र उत्खनन गरिएको स्लेट बजार पु-याउन ढुवानी समस्या भएकाले खानी बन्द भएको वडाध्यक्ष गमबहादुर विकले बताए । स्लेट घर छाउन, भुइँमा बिच्छ्याउन प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका परम्परागत ढुंगेघरमा छाउन प्रयोग हुँदै आएको स्लेट पछिल्लो समय बजारका घर निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

स्लेट सस्तो, टिकाउ र वातावरणमैत्री मानिन्छ । लुलाङ, मुदी, मुना, दर, खोरिया, लम्सुङ, ताकम, धारापानीमा घर निर्माणका लागि नर्जा र सागबारीको स्लेट प्रयोग भए पनि ढुवानीको समस्याले बजार क्षेत्रमा पठाउन नसकिएको स्थानीयवासीले बताएका छन् ।

व्यवस्थित र व्यावसायिक हिसाबले स्लेट खानी सञ्चालन गर्नसकेमा गाउँपालिका, वडाका लागि आम्दानीको स्रोतका साथै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना हुने वडाध्यक्ष विकले बताए ।

स्थानीयवासी लिलाराम विश्वकर्माले स्लेट खानी सञ्चालन गरेर त्यसबाट भएको आम्दानीले सामुदायिक विद्यालय सञ्चालन गर्न सकिने जानकारी दिए । स्लेट खानी सञ्चालनमा आउने हो भने वार्षिक करोडौँ मूल्य पर्ने स्लेट निकासी गर्न सकिने र सयौँले रोजगारी पाउने उनको भनाइ छ । यातायात र विद्युत्को सुविधा भएमा आधुनिक उपकरणको प्रयोग गरेर स्लेट खानी सञ्चालन गर्न सकिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । रासस

प्रतिक्रिया दिनुहोस