१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रः मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिमको अंकुश नलगाउने कुरामा जोड दिए ।

उनले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक दिलाउन आफ्नो भूमिका सकारात्मक रहने बताए ।

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताए ।

प्रदेशसभा सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाका रुपमा काम गर्ने सञ्चारकर्मी लोभ र लालचमा पर्न नहुने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकाले यसमा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने बताए ।

महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनुपर्ने र यही आधारभूत आधारबाट आचारसंहिता कायम रहने उल्लेख गरे ।

यही वैशाख २२ गते सम्पन्न निर्वाचनमा महासंघका प्रदेश नं १ अध्यक्ष विक्रम लुईंटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवद्वय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्बिका भण्डारीलगायत २१ पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस