१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध : डा. चिरञ्जीवी नेपाल

अ+ अ-

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज शुभारम्भ गर्दै उनले भने, ‘बैंकमा प्रवर्दकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।’

बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे ।

प्रवर्दकले बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नहुनेमा जोड दिंदै गर्भनर डा. नेपालले भने, ‘जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।’

आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए ।

आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिए ।

साविकको टुरिजम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले दुई बैंक एकीकृत भई कारोबार भएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउने गरी बैंकलाई अगाडि बढाउने बताए ।

मेगा बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ भने निक्षेप ९६ अर्ब ५५ करोड पुगेको छ भने देशको सात वटै प्रदेशमा फैलिएका ९१ शाखाबाट पाँच लाख लगानी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिनुका साथै ५५ करोड ७० लाख लगानी गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस