१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेताम्य हिउँले मोदीको स्वागत गर्दै मुस्ताङ

अ+ अ-

मुस्ताङ । ‘फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ,’ मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भने ।

गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् ।

विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही शनिबार हुन लागेको मुक्तिनाथ दर्शनका कारण यतिखेर सिङ्गो मुस्ताङ चहलपहलमय भएको छ । यहाँ आउने पर्यटकले हिमाललाई साक्षी राखेर तस्वीर खिचाउन र सेल्फी खिच्न यतिखेर भ्याइनभ्याइ छ ।

यस्तो गर्मीयाममा पनि एकाएक हिउँ पर्दा मुस्ताङ र आसपासका क्षेत्र निकै रमणीय देखिएको थकालीले बताए ।

अघिपछि पनि भारतीय पर्यटकको निकै चाप हुने गरेको मुक्तिनाथमा यतिखेर अत्याधिक संख्यामा भारतीय पर्यटक आइपुगेका छन् भने नेपालस्थित भारतीय राजदूतावासका कर्मचारी र भारतीय सुरक्षाकर्मी पनि ठूलो संख्यामा देखिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा आएका भारतीय राजदूतावासका कर्मचारी, सुरक्षाकर्मी एवं अन्य पर्यटक पनि सेताम्य हिउँले छापिएका उच्च हिमाली दृश्यमा मोहित बन्ने गरेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताए ।

‘भारतीय प्रधानमन्त्रीको भ्रमण एवं दर्शन नजिकिएका अवस्थामा वरपरका डाँडा छपक्क हिउँले ढाकिनु साँच्चै सौभाग्यकै कुरा हो,’ अध्यक्ष थकालीले भने, ‘भ्रमणको समाचार संकलन गर्न आउने स्वदेशी एवं विदेशी पत्रकारले हिमपातका सुन्दर दृश्यलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नेछन् ।’

भारतीय प्रधानान्त्री मोदी भ्रमणले यहाँको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन हुने उनले बताए । भ्रमण नजिकिँदै गर्दा मुक्तिनाथ र आसपासका क्षेत्र हिउँले भरिएका कारण निकै रमणीय बनेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए ।

उनका अनुसार मोदीको भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । पूजाको तयारीका साथै स्वागतद्वार निर्माणलगायत काम धमाधम भइरहेको छ । रानीपौवा बजारदेखि मुक्तिनाथ मन्दिरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने तयार गरिएका हेलिप्याड क्षेत्रको सुरक्षार्थ कुकुरसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस