१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ सहसचिवको सरुवा, भरतपुर महानगरपालिकाको कार्यकारीमा नेत्र सुवेदी

अ+ अ-

काठमाडौं । सरकारले १८ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदीलाई सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

त्यसैगरी निर्वाचन आयोगका सचिवद्धय नवराज ढकाललाई उद्योग मन्त्रालयमा र दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सामान्यको अतिरिक्त समुहमा रहेका कुमारप्रसाद दहाललाई विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

यसैगरी सामान्यको अतिरिक्त समूहमा रहेका सहसचिवहरु वेदबहादुर कार्कीलाई केन्द्रिय पञ्जिकरण विभाग, मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, गंगाराम गेलाल निर्वाचन आयोग, कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राजेश्वर ज्ञावालीलाई काठमाडौ महानगरपालिका र विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको छ भने राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईलाई रक्षा मन्त्रालयमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

१४ सहसचिवको सरुवा

प्रतिक्रिया दिनुहोस