५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोटोसहितको मतदाता नामावली अद्यावधि गर्न शुरु

अ+ अ-

चितवन । निर्वाचन आयोगले वैशाख १ गतेबाट देशैभरि एकैसाथ शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा आइतबारसम्म १३४ जना नयाँ मतदाताले आफ्नो नामदर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ जना महिला र ७३ जना पुरुषले नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

मतदाता नामावलीमा नाम दर्ता गराउन नेपाली नागरिकता अनिवार्य चाहिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले बताए । मतदाता नामावलीमा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि मतदाता नामावलीमा नामदर्ता भएकाले पुनःनामदर्ता गर्न नपर्ने निर्वाचान कार्यालयले जनाएको छ ।

अठार वर्ष पुगेर नेपाली नागरिकता लिएकाले फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गर्न सक्नेछन् । जिल्लामा पछिल्लो निर्वाचनको मतदाताको अन्तिम संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।

इच्छाकामनामा दश उजुरी

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको न्यायिक समितिमा १० वटा उजुरी परेका छन् ।

गाउँपालिकामा जननिर्वाचित भई प्रतिनिधि आएको एकवर्ष बित्न लाग्दा न्यायिक समितिमा १० वटा मात्रै उजुरी परेका हुन् । उजुरीमध्ये छ वटाको छिनोफानो भइसकेको छ भने चारवटा विचाराधीन अवस्थामा रहेको गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकामा आएका उजुरी बहुविवाहका बढी रहेका छन् । उजुरीमध्ये चारवटा बहुविवाहका रहेका छन् भने अन्य साँधसीमाना मिचिएको, लेनदेनलगायतका रहेका छन् ।

न्यायिक समितिमा आएका उजुरीलाई अधिकांशलाई मेलमिलाप गराएर पठाइएको उनले बताए ।

सामान्य उजुरी दैनिक रुपमा आउने गरेको भए पनि दर्ता नगरी आपसी समझदारीमा टुङ्ग्याउने गरेको श्रेष्ठले बताए । मेलमिलापमार्फत समस्या समाधान गर्दा दुबै पक्षको विजयी भएको महशुस हुने भएकाले मेलमिलापलाई प्राथमिकता राखिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस