११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएन वैदेशिक रोजगारीमा ठगी

अ+ अ-

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गरे । हरि नामको मान्छेलाई उनले भेटेपछि उनी काठमाडौंकै रोजगारदाता कम्पनीमा पुगे ।

कम्पनीमा पुगेको एक हप्तापछि नै उनको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया बढाएको एक महिना नबित्दै उनी कुवेत पुगे । पीडित थापा भन्छन्, ‘सरकारले फ्री भिसा फ्री टिकट भनेको मात्र रहेछ, रोजगारदाता कम्पनीले एक लाख ७० हजार असुलेको थियो ।’ उनी भन्छन्, ‘उताबाट राम्रो तलब र खान बस्नको सुविधा भने पनि यता न भनेको सुविधा छ न त तलब नै ।’ सरकारले भनेको कुरा नीतिमा मात्र सीमित भएको गुनासो उनी पोख्छन् ।

थापाजस्तै उक्त कम्पनीमा हजारौँ युवा उस्तै समस्या भोग्न बाध्य छन् । उनीहरुको समस्या सुन्ने न त कुनै आधिकारिक निकाय छ न त दूतावासमा नै गएर आफ्नो गुनासो सुनाउन सक्छन् । कसैसँग आफ्नो गुनासो सुनाए बेरोजगार बनाएर छाडिदिने गरेको गुनासो उक्त कम्पनीमा कार्यरत काभ्रेकै अर्का पीडितले बताउँछन् ।

केही दिनअघिको घटनालाई स्मरण गर्दै उनले सुनाए, ‘कम्पनीले वार्षिकोत्सवको आयोजना गरेको थियो, सो समारोहमा सहभागी गराइएकामध्ये दुई÷तीन जनाले कम्पनीमा आफूले भोग्नुपरेको समस्या बताउँदा कामबाटै निकालियो ।’

कम्पनीमा काम गर्ने कामदारलाई आठ घण्टा मात्र काम लगाउने भन्ने सम्झौतापत्रमा उल्लेख भए पनि दैनिक १२ घण्टासम्म काम गराउने गरेको उनले जानकारी दिए । नेपालबाट रोजगारदाता कम्पनीले पनि मनोमानी रुपमा काम गरिरहेकोे गुनासोसमेत उनले पोखे । हाल उक्त कम्पनीमा नेपाली, भारतीय र इजिप्टका गरी छ हजारभन्दा बढी पीडित रहेको पीडित सन्तोषले बताए ।

सरकारले वैदेशिक रोजगारीका लागि जानेका लागि ल्याएको फ्री भिसा फ्री टिकट व्यावहारिक हुन नसक्ने वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बताए । गुरुङ भन्छन्, ‘रोजगारदाता कम्पनीका लागि सरकारले नै छुट्टै व्यवस्था ल्याए मात्र व्यावहारिक हुन सक्छ ।’

कुनै एउटा कम्पनीले गरेको गलत कामका आधारमा सबैलाई गलत भन्न नमिल्ने उनले बताए । ‘यदि कुनै कम्पनीले ठगी गरेको खण्डमा रोजगारदाता कम्पनीलाई खारेजसमेत गरिन्छ,’ उनले थपे । श्रमिकले दुःख पाउनुमा रोजगारदाता कम्पनी, श्रमिकले काम गर्ने कम्पनी र विदेशी राजदूतावास पनि जिम्मेवार हुने गरेको उनको ठम्याइ छ । सरकार, रोजगारदाता कम्पनी र राजदूतावास समन्वय गरेर हिँड्नु आवश्यक रहेको उनले बताए ।

वैदेशिक रोजगार विभागले श्रमिकलाई ठक्ने कम्पनीलाई तीन पटकसम्म सजायको भागिदार बनाइने तर चौथोपटकमा भने खारेज गरिने विभागका प्रमुख भुवन आचार्यले बताए।

विभागले गर्न लागेको भावी योजनाका बारेमा उनले भने, ‘वैदेशिक रोजगारमा संलग्न नेपाली एजेन्टलाई कारबाहीको दायरामा ल्याउन देशभित्रका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानको व्यवस्था गर्न लागिएको छ ।’

मन्त्रिपरिषद्को निर्णयअनुसार छ वटा प्रदेशमा पनि संरचना विस्तारका लागि तयारी भइरहेको छ । रोजगारदाता कम्पनी मात्र नभई श्रमिक स्वयम् पनि वैदेशिक रोजगार ठगीमा महत्वपूर्ण ठहरिन्छन् । ठगिनुको प्रमुख कारणमध्ये अशिक्षितले नजानेर र शिक्षित छिट्टै रोजगारी पाउने लालसा पनि हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस