५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलामाथिको हिंसा न्यूनीकरणका लागि संयन्त्र बनाउन मन्त्री थापाको जोड

अ+ अ-

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लािग स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘राष्ट्रिपति महिला उत्थान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताइन् ।

मन्त्री थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले यस्ता घटना नियमित भइरहेका स्थानमा सुरक्षा समिति बनाउनुपर्ने र स्थानीयवासीका लागि पनि सोहीअनुरुप जनचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन्, ‘महिला, बालबालिका र विशेष अवस्थाका महिलामाथि बलात्कार हुँदा अपराधीलाई मृत्युदण्ड नभई आजीवन कारागारको सजाय दिन सोहीअनुरुप कानून निर्माणको प्रक्रिया शुरु भएको छ ।’

बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सबैजनाले आ–आफ्नो स्थानबाट हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने हो भने यसका लागि छुट्टै कार्यक्रमको आवश्यकता नपर्ने बताइन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष श्याम सुन्दरराज वैद्यले देशले राजनीतिक रुपमा फड्को मारे पनि पितृ सत्ताका कारण महिलामाथि हुने हिंसामा कमी आउन नसकेको जानकारी दिए ।

भोलिसम्म सञ्चालन हुने उक्त कार्यक्रम निशा बानियाँले ‘लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका’, पेम्मा लामाले लैङ्गिक समानताको अवधारणा’ र महिला बालबालिका विभागका प्रतिनिधिले ‘लैङ्गिक हिंसा निवारणमा सरकारको प्रयास’ का विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस